नेकपा एसको शिविरमा दुई सय ५० जनालाई स्वास्थ्य सेवा

0
5

अर्जुनधारा ।

नेकपा (एकीकृत समाजवादी) पार्टी अर्जुनधारा नगर कमिटीको आयोजना र भद्रपुर–७स्थित ओम साई पाथीभरा हस्पिटलको प्राविधिक सहयोगमा एक दिने स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

अर्जुनधारा–११स्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविर पार्टीले सामाजिक उत्तरदायित्व अन्र्तगत अभियानकोरुपमा सञ्चालन गरेको कमिटीका अध्यक्ष अर्जुन मेचेले जानकारी दिए ।

अध्यक्ष मेचेका अनुसार वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.जयकुमार ठाकुर, फिजिसियन डा.सतिश रोय र बाल रोग विशेषज्ञ डा.मनोज चौधरीले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेको शिविरमा दुई सय ५० जनाले सेवा लिएको बताइएको छ ।

त्यसैगरी थप उपचारको लागि हस्पिटलमा सेवा लिन पुग्ने शिविरका सहभागी बिरामीहरुलाई १५ देखि २० प्रतिशत छुट दिइने हस्पिटलका प्रशासक योगेन्द्र ढुंगानाले बताए । “स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नभएका बिरामीको हकमा मात्र छुट लागु हुनेछ ।”–उनले थप प्रष्ट पारे ।

पार्टी वडा कमिटीले संयोजन गरेको शिविरमा जुनकिरी सार्वजनिक आधारभूत विद्यालय, उमामहेश्वर शिवालय मन्दिर र सालबारी मिलडाँडा युवा परिवारले सहयोगी संस्थाकोरुपमा भूमिका निर्वाह गरेका थिए ।

पार्टीले यस किसिमको अभियान नगरका अन्य वडामा पनि सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here