भद्रपुरबाट सुर्ती बरामद

0
12

भद्रपुर ।

भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको अन्दाजी एक लाख मूल्य बराबरको सुर्ती प्रहरीले बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ३ बजेको समयमा भद्रपुर–४ स्थित मेची नदी किनारबाट उक्त मूल्य बराबरको सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१०३÷७ सीमा पिलर छेउबाट तस्करहरूले टाउकोमा बोकेर भित्र्याइरहेको अवस्थामा प्रहरीले १४ बोरा सुर्ती बरामद गरेको हो । प्रहरीलाई देख्नासाथ तस्करहरू सुर्तीका बोरा छाडेर भारततर्फ भागेका थिए ।

बरामद गरिएको सुर्ती भद्रपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । १०३÷७ सीमा पिलर नजिकै सशस्त्र प्रहरीको बीओपी महेशपुरमा छ । त्यहीँबाट भन्सार छलेर सुर्ती भित्र्याउन खोजिएकोले त्यहाँ तैनाथ सशस्त्रमाथि मिलेमतोको आशङ्का गरिएकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here