बिर्तामोड–२ का वडाध्यक्ष पौडेलले मनोमानी गरेको भन्दै नगरपालिकामा ज्ञापन, वडाको निर्णय गलत भएको उपप्रमुखको भनाई

0
41

बिर्तामोड ।

झापाको बिर्तामोड–२ मा रहेको रामचौक सामुदायिक वनमा व्याम स्थल निर्माण गर्नका छुटिट्याइएको बजेट अन्यत्र रकमान्तरणको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेलले मनोमामनी ढङ्गबाट वनमा छुटिएको रकम अन्ययत्र रकमान्तरण गरेको भन्दै उक्त रकम आफुहरुले नै पाउनु पर्ने माग गर्दै वनका पदाधिकारी तथा स्थानीयले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापन पत्र बुझाएका हुन् । वनका अध्यक्ष राजु गौतम र सचिव रुपा कोइराला सिग्देलद्वारा हस्ताक्षरित ज्ञापन पत्र उपप्रमुखलाई बझुाइएको हो ।

नगरपालिले दिएको बजेट वडाले आफु खुशी ढङ्गबाट रकमान्तरण गरेको भन्दै तत्काल उक्त निर्णय नसच्चियाए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने अध्यक्ष गौतमले चेतावनी दिए । उनले भने– ‘वडाध्यक्ष पौडेलले रामचौकबासीमाथि खेलबाड गरेका छन् । यस्तो अन्याय विरुद्ध हामी भण्डाफोर कार्यक्रम गर्नेछौं ।’

कुनैपनि बजेट रकमान्तरण गर्दा स्थानियको समन्वय गर्नुपर्ने भए पनि वडाध्यक्ष पौडेलले आफुखुशी गरेको बताइएको छ । ज्ञापन पत्रमा भनिएको छ–’रामचौकवासीले बिभिन्न कालखण्डमा आएका बाधाअड्चनलाई सामना गर्दै संरक्षण गरिरहेको वनलाई संरक्षण गर्दै मिचिएको जग्गा फिर्ता ल्याउनु त कता हो कता छुट्याइएको रकम समेत जानकारी नदिई राजा महाराजाहरुको जस्तो हुकुमी शैलीमा आफु अनुकल रकमान्तरण गर्नुले रामचौकवासीको स्थानिय निकायप्रतिको आशा र भरोसामा गम्भीर प्रश्न आएको छ ।’

बिगतमा तत्कालिन वडाध्यक्ष तथा हालका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले वन संरक्षणमा चासो दिए पनि हालका वडाध्यक्ष पौडेलले बजेट नै कटौति गरेर आफुहरु मथि अन्याय गरेको स्थानीयको भनाई छ । रामचौक सामुदायिक वनको बजेटका बिषयमा तत्काल सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अगाडी बढ्ने चेताावनी दिइएको छ ।

यता ज्ञापन पत्र बुझ्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वडाले गरेको निर्णय गलत भएको बताए । उनले वडाले गरेको निर्णयका विषयमा नगरप्रमुख आए लगत्तै छलफल गर्ने आश्वासन दिए । उनले वनको बजेट कटौति गर्नुको सट्टा थप रकम विनियोजन गर्ने बचन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here