दमकमा ब्राउन सुगरसहित दुईजना पक्राउ

0
9

दमक,

झापाको दमकमा ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका ५ बस्ने ४४ वर्षीय यादव राई र दमक ८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेका छन् ।

दमक ५ स्थित कामक्षा होटेल नजिक रहेको यादव राईको घर कोठामा लागू औषध बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घर कोठामा चेकजाँच गरेको थियो ।

त्यस क्रममा उनीहरूको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई लागू औषध र नगदसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here