लक्ष्मीपुर बजार व्यवस्थापन समितिमा सोभित

0
6

लक्ष्मीपुर ।

लक्ष्मीपुर बजार व्यापार व्यवस्थापन समिति कनकाई– ८, अर्जुनधारा–५ को तेस्रो साधारणसभा तथा अधिवेशनले सोभित कटुवालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कनकाई–८ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा सम्पन्न सभाले कटुवालको अध्यक्षतामा गठित समितिको वरिष्ठ उपाध्यक्षमा विमला थापा कटुवाल, उपाध्यक्षमा ईश्वरा थापा, सचिवमा प्रकाश उप्रेती, सहसचिवमा शुसन प्रसाई र कोषाध्यक्षमा उमा मिश्र चौलागाँईलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा पंकज कार्की, विकास कटुवाल, रनवीर यादव, विक्रम अधिकारी, काजल श्रेष्ठ, घनश्याम चापागाँई र सञ्जिव गुप्ता चयन भएका छन् ।

कनकाई– ८ का वडध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख आतिथ्य अर्जुनधारा नपा वडा नं. ५ का वडाध्यक्ष गिताराज खड्काको विशिष्ट आतिथ्य तथा समितिका पूर्व अध्यक्ष टेकबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी व्यवसायी एवम् संस्थापक अध्यक्ष नेत्र नेपाल समाजसेवी दुर्गाप्रसाद पराजुली पूर्व वडाध्यक्ष प्रेमबहादुर कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

चन्द्र निरौलाको अध्यक्षतामा गठित पूर्णबहादुर कटुवाल र रुद्र ओली सदस्य रहेको निर्वाचन मण्डलीले समिति निर्वाचनको कार्य सम्पन्न गरेको थियो । कार्यक्रमको सञ्चालन समितका पूर्व उपाध्यक्ष लक्ष्मीप्रसाद ढुंगानाले गरेका थिए । कार्यक्रमलाई ईश्वरा थापाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here