रंगीन पर्व फागु महोत्सव

१२ चैत्र २०८०, सोमबार मा प्रकाशित

सनातन हिन्दूसस्ंकृतिका महत्वपूर्ण चाडपर्वहरु मध्ये रङ्गिन–पर्व फागू–महोत्सवको सम्पूर्ण आदरणीय पाठक मित्रहरुमा हार्दिक मङ्गलमय शुभकामना ! फागू, होली, फागूपूर्णेसहितका नामहरुले यस फगूवा पर्वलाई चिनारी गराइरहेको हुन्छ । परापूर्वकालदेखि मनाइँदै आएको यो रङ्गिन पर्वले ठण्डी समयमा चिसोले कठ्यांग्रिएको शरीरलाई न्यानो पार्ने बसन्तऋतु आगमनको संकेत गराइरहेको हुन्छ । जताततै ढकमक्क पूmल पूmलाइरहेको हुन्छ, वरिपरिको वातावरण स्वच्छ, हरियाली र मनमोहक गराइरहेको हुन्छ । प्रत्येक वर्ष फागुपूर्णिमा ‘होली पर्व’ले हामीबीचमा एकअर्कालाई रमाइलो र मस्तीका लागि भेट गराइरहेको हुन्छ ।

जोगिरा सरररररर…
कुन तालमे ढोलक नाचे कुन ताल
मजीरा कुनतालमे नटुवा नाचे कुनताल नजारा,
के बोलो सारारारारा…
के बोलो सारारारारा…जोगिरा सारारारा…

तराईमा होली पर्वका अवसरमा प्रायः जताततै गाउने कारण भाइरल बनेको यस गीतलाई दोहो¥याउँदै–तेहे¥याउँदै गाइन्छ । जोगिरा भन्नाले सामान्य अर्थमा जोगीको रुप, पारिवारिक मायामोह लेनादेना कुनै व्यवहारिक बिषयले नअल्झाउने, साधु–बिन्दास, निस्फिक्री र एक फुर्सदिलो मानिसको रुपमा बुझ्न सकिन्छ । कञ्चन बनमे राम खेले होली… गीतको बोलले भगवान राम पनि कञ्चन वनमा आएर होलीमा रमााउँथे, भनेर यसको महत्वलाई बढाउन खोजेको पाइन्छ । तिहारमा घर–घरै पुग्ने देउसीको रमाइलो भैंm फागु महोत्सवमा पनि व्यक्तिलाई घर–घरैबाट बाहिर आँगनमा निकालेर बाल्टीका–बाल्टी रङ्गपानी खन्याउँदै, सारा शरीर भिजाउँदै खेलिएको होलीको रमाइलो यो पंक्तिकारले बाल्यावस्थामा खुब देखेको छ, त्यो मनोरञ्जनात्मकशैली मानसपटलमा अहिले पनि ताजा छ । त्यसबेला खुबै चहलपहल रहने झापाका भद्रपुर र शनिश्चरे दुई शहर हुन् अनि भक्तपुरमा र काठमाडौंमा, भीषण फगुवा खेलिन्थ्यो । केही वर्ष अघिसम्म जबरजस्ती अबीर, लोला हान्ने, जिउमै पार्ने गरी पानी खन्याउने भए पनि आजकाल खेल्न नचाहनेहरुलाई रङ्गहाल्न पाइँदैन ।

फागुमा विशेषगरी नीलोरंग शान्तिको द्योतक जसले मानवताको धैर्यता र पहेंलो रंग भगवान श्रीकृष्णको प्रिय भएकाले विशेष महŒवको मानिन्छ । सौभाग्यको सूचक ठहरिएको रातो रङ्गको प्रयोग अन्य रङ्गको तुलनामा अलिक बढी हुने गर्छ । आज विशेषरुपमा मालपुवा, तरुवा बगरुवा, माछा–मासु अनि सस्र्युको दाना, तिल वा आलस र अदुवा हालेर बनाएको छोपको अचार अनि बिभिन्न मिठाइहरुको आकर्षण दमदार मानिन्छ । आज जीउमा तेललगाउने र आँपको मुजुरा खाने चलन पनि छ, जीउमा तेल लगाउँदा छालामा रङ्ग नटासिने र मजुरा खाएमा सबै मुजुरामा टिकुला बन्ने, आँप सप्रने र धेरै फल्ने जनविश्वास छ । भिमसेनको लिंग झुण्ड्याइएपछि भक्तपुरमा र पश्चिम तराईतिर माटो जीउमा दलेपछि होलीको प्रारम्भ भएको मानिन्छ । उपत्यका सहितका पाहाडी जिल्लाहरुमा अघिल्लो दिन, अनि तराईमा भोलिपल्ट मनाउने गरिएकाले त्यसरी नै सार्वजनिक विदाको पनि व्यवस्था भएको छ ।

फागु महोत्सवका बारेमा त्रेता युगीन प्रसङ्गमा उल्लेख भए अनुसार दैत्यराज हिरण्यकशिपुका पुत्र युवराज प्रल्हाद नित्य भगवान विष्णुको नाम जप्ने गर्दथे । राक्षसराज हिरण्यकशिपु आपैंm भगवान भएको घमण्ड राख्ने प्रवृत्तिका हुनाले उनलाई मन नपरेकाले धेरै पटक छोरालाई सम्झाए । तर, भगवानको नाम जप्न नछाडेकाले आक्रोशित भएर बहिनी होलिकासँग आगोमा नडढ्ने शक्ति भएकोले प्रल्हादलाई बोकेर आगोमा बस्ने आदेश दिए । होलिकाले पनि आफूसँग आगोले डढाउन नसक्ने शक्ती रहेकाले प्रल्हादलाई काखमा लिएर बलेको आगोमा पसिन् । दन्दन् बलेको आगोले बालक प्रल्हादलाई केही नगरे पनि होलिका चाहिँ डढेर मरिन् । पापवृत्तिकी होलिकाको मृत्यु भएकाले सत्यको जित र पापको पराजय भएको खुशियालीमा ‘होली’ प्रथाको थालनी भएको मानिन्छ ।

नारद पुराण र भविष्य पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णलाई विषालु दूध खुवाएर मार्न आएकी विशाल शरीरकी राक्षसी पुतनालाई पनि भगवान श्रीकृष्णले आजकै दिन वधगरेकोले गोपालबासीहरुले अत्यन्त रमाउँदै ‘होली”’ खेलेका थिए भनिएको छ । ध्यानमग्न रहेका महादेवको तप बिथोल्न खोज्दा भोलेशंकर आवेशमा आई अकस्मात तेस्रो नेत्र खुलेर भस्म भएका कामदेवको कथा पनि यसै प्रकरणसँग जोडिएको मानिन्छ । फागु महोत्सवमा रङ्गीचङ्गी ध्वजापताकाहरु झुण्ड्याइएको प्रसङ्गमा द्वापरयुगीन प्रकरण आउँछ, एकदिन सबैलुगा फुकालेर यमुनानदी किनारमा राखेर गोपिनीहरु नुहाउँदै थिए ।

भगवान श्रीकृष्ण घुम्दै आउँदा नदी किनारमा लुगा देखेर गोपिनीहरु नुहाउन लागेको थाहापाई बटुलेर ध्वजापताका भैंm रुखमा जताततै झुण्ड्याएर सुमधुर भाकामा बाँसुरी बजाउन थाले, एकधुनमा नुहाइरहेका गोपिनीहरुलाई बाँसुरीको धुनले झस्कायो र अघि राखेका ठाउँमा लुगा खोज्दा ध्वजापताका भैंm रुखमा झुण्ड्याइएको देखेर यो सबै भगवान श्रीकृष्णकै खेल हो, भन्ने बुझेर लाजले भुतुक्कै हुँदै श्रीकृष्णलाई अनुनय–विनय गर्नथाले । श्रीकृष्णले गोपिनीहरुलाई अबदेखि नुहाउँदा केही वस्त्र लगाएरै नुहाउन अर्तीउपदेश दिई लुगा फिर्ता गरेको भन्ने प्रसङ्ग आउँछ ।

काठमाडौंको बसन्तपुर गद्दी बैठक अगाडि फागुन शुक्ल अष्टमीमा तीन छत्र भएको अग्लो फागु महोत्सवको प्रतीक ‘चीर’ गाडिन्छ र रंगीबिरंगी कपडाहरु, ध्वजापताकाहरु वरिपरि झुण्ड्याइन्छ । त्यसपछि फागू गीत गाउँदै, रङ्ग छर्किदै, पूजा गर्दे अनुहार र जीउमा अबिर र रंगले भरिएको पिच्कारीबाट लोला हान्दै, दल्दै धूमधामले फागु महोत्सव मनाइन्छ । फागुको अन्तिम दिन विधिपूर्वक भुन्ड्याइएका ध्वजापताकाहरुलाई भेला भएका सबैले हारालुछ गरी लान्छन् । किनकि पताकाहरुमा शक्ति र औषधीय गुण रहेको जनविश्वास छ । यतिबेला खेलिएको भीषण होलीमा उडेको रङ्ग र अबीरले वातावरण नै रंगीन बनाउँछ । यसपछि बाजा बजाउँदै गीत गाउँदै चीरलाई टुँडीखेलमा लगेर पोलेपछि, फागू पर्व विदाइ भएको मानिन्छ ।

असिम जनआस्थाले भरिपूर्ण फागूपर्वको सारबाट बुझ्न सकिन्छ कि जतिसूकै बलशाली र शक्तिशाली भए पनि बिजय सत्यको हुन्छ । ब्रम्हाजीबाट वरदान लिएकी होलीकाले अवोध बालकलाई डढाउन काखमा राखेर आगोमा पसे पनि आपराधिक विचार कै कारण परिस्थिति उल्टियो, आफ्नै डढेर मृत्यु भयो । यहाँ सत्यको अगाडि शक्ति र बल निरीह भयो । सत्यको बिजय र असत्यको पराजय भयो– ‘सत्य डग्दैन, असत्य टिक्दैन’ भनाइ चरितार्थ भयो । होलीका शक्तिशाली भए पनि असत्यको मार्ग अनुशरण गरेकीले जीवन निरर्थक, आलोचनात्मक र व्यर्थ भयो । भक्त प्रल्हाद सत्यमा रहँदा जीवनमा दुःख र पीडाहरु व्यहोर्नु परे पनि जीवन अजर–अमर भयो । यसैले सत्यलाई आत्मसात गरौं ! सत्यलाई अनुशरण गरौं ! अनुशासित र मर्यादीत हुँदै रमाइलो पर्व होली पर्व खेलौं, मनाऔं ! जीवन धन्य बनाऔं !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here