५९औं आईटीईसी दिवस काठमाडौंमा

0
5

काठमाण्डौं ।

५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आईटीईसी) दिवस शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमका बीच मनाइयो ।

काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको समारोहमा संसदका सदस्य, नेपालका उच्च सरकारी अधिकारीहरू, आईटीईसीका पूर्व विद्यार्थी र भारतका शैक्षिक संस्थाका प्रमुख नेपाली पूर्व विद्यार्थीलगायत करिब ३०० जनाको सहभागिता रहेको थियो ।

1964 मा सुरु भएको, ITEC कार्यक्रमले भारतको उच्च शिक्षा संस्था र प्रशिक्षण सुविधाहरूमा साथै 160 भन्दा बढी साझेदार देशहरूमा अल्पकालीन र दीर्घकालीन क्षमता निर्माण कार्यक्रमहरू प्रदान गरेर शासन र विकास सम्बन्धी विशेषज्ञताको भारतको विशाल र समृद्ध नेटवर्कमा निर्माण गर्दछ। नेपाल।

आईटीईसी दिवस समारोहमा बोल्दै सांसद तथा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, एम्सका पूर्व विद्यार्थीले विकास र शिक्षा क्षेत्रमा भारत–नेपाल सहयोगलाई अगाडि बढाउने विषयमा आफ्नो अनुभव र विचार साझा गर्नुभयो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारत–नेपाल क्षमता अभिवृद्धि साझेदारीमा भएको प्रगतिलाई मान्यता दिन ५९औँ आईटीईसी दिवस मनाउन लागिएको बताए । उनले नेपालका सरोकारवालाको हितलाई ध्यानमा राखेर आईटीईसी अन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि थप अनुकूलित पाठ्यक्रमहरू उपलब्ध गराइने बताए।

समारोहमा प्रख्यात कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको समूहले मनमोहक ओडिसी नृत्य प्रस्तुत गरेको थियो।

काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार सन् २०२३–२०२४ मा भारतका विभिन्न प्रतिष्ठित संस्थानमा नेपालका ४४४ जना व्यवसायीलाई विभिन्न पाठ्यक्रममा तालिम दिइएको थियो । विगत १५ वर्षमा नेपालका २,००० भन्दा बढी अधिकारीलाई ITEC अन्तर्गत तालिम दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here