एनएमसीको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

0
12

बिर्तामोड ।

नेपाल बहुउद्देयीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले एक दिवसीय सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोड-१०स्थित संस्थाको सैनिक बजार सेवाकेन्द्र अन्तरगत एकाइ नम्बर २ का उपस्थित सम्पूर्ण सेयर सदस्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनिकबजार सेवाकेन्द्रगत उपसमिति सदस्य सीतादेवी राईले स्वागत गरेकी थिइन्।

संस्थाको शिक्षा तथा तालिम उपसमितिद्वारा आयोजित कार्यक्रममा सैनिकबजार सेवाकेन्द्रगत उपसमिति सदस्य प्रशिक्षक रत्नबहादुर बस्नेतले सहजीकरण गरेका थिए। उनले एनएमसी र यसका व्यवसाय,शेयर सदस्यलाई प्रदान गरिने सेवा सुविधाको साथै संस्थामा आबद्ध शेयर सदस्यले खेल्नुपर्ने भूमिकालगायत विषयमा जानकारी गराएका थिए। कार्यक्रममा सहकारीका एक सय सदस्यहरुको सहभागिता रहेको सदस्य सहजकर्ता चन्द्रबहादुर राईले जानकारी दिए।

कार्यलय प्रमुख सन्तोष ढुंगानाले संस्थाको वित्तीय झलक प्रस्तुत गरेको कार्यक्रममा बिर्ता-अर्जुन क्षेत्रीय उपसमिति सदस्य मनु मुखिया र सेवा केन्द्रगत उपसमिति संयोजक टीकाराम दंगालले स्थानीय समुदायमा एनएमसीको प्रभाव र महत्व बताउँदै आत्मविश्वासका साथ सक्रिय र जिम्मेवार बनेर संस्थामा कारोबार गर्न सदस्यलाई आग्रह गरेका थिए।

कार्यक्रममा सहभागीका तर्फबाट चमरधाम प्राविका प्रधानाध्यापक देवीप्रसाद पोखरेलले कार्यक्रम संस्थाबारे जानकारी लिई लाभन्वित बन्न उपयोगी भएको प्रतिक्रिया दिएका थिए।
वित्तीय, दूध डेरी, सहकारी पसल, चियालगायत पाँच प्रकारका व्यवसाय सञ्चालन गर्दै आएको एनएमसीको एकिकृत नमूना कृषि परियोजना चर्चित बन्दै गएको छ। हाल यसका ५८ वटा सेवाकेन्द्र अन्तर्गत एक लाख ६५ हजारभन्दा बढी शेयर सदस्य रहेका छन्।

मिरमिरे उज्यालो टोल विकास संस्थाका अध्यक्ष डेकमान लोक्ताम, शिक्षा सेवी टेकबहादुर देवान, एकाइ उपसमिति संयोजक ओमबहादुर गुरुङ, चामबहादुर लिम्बू, सदस्यहरु गणेश बोहोरा,अञ्जु गुरुङ, राजकुमार ढकाल,कीर्ति लिम्बू, कर्मचारी निशा लिम्बू,बालकृष्ण उप्रेतीलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख सन्तोष ढुंगानाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here