बिर्तामोडमा जापानिज भाषा शिक्षक तालिम सम्पन्न

0
14

बिर्तामोड ।

झापाको बिर्तामोडमा जापानिज भाषा शिक्षक तालिम सम्पन्न भएको छ ।

झाापामा रहेका जापानिज भाषा शिक्षकहरुका लागि एक दिने तालिम सम्पन्न गरिएको इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।

जापानिज भाषाको परीक्षा जे–सर्ट टिचर ट्रेनिङको आयोजना गरेर जापानिज भाषा अध्यायन गराउँदै आएका शिक्षकहरुको क्षमता विकासका सहयोग गरेको अध्यक्ष सुवेदीको भनाई छ । जापानमा अध्ययन गर्दा लिनुपर्ने ज्ञान, सीप तथा ज्ञानको बारेमा जे–सर्ट नेपालबाट आएका विज्ञहरुले सहजिकरण गरेको बताइएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा र जे–सर्ट नेपालको संयुक्त आयोजनामा बिर्तामोडस्थित सिद्धार्थ होटलमा ताालिम सम्पन्न भएको हो । इक्यान झापाका उपाध्यक्ष राज कार्कीको संयोजकत्वमा तीन सदस्य तालिम आयोजक समिति गठन गरिएको थियो । जसमा अध्यक्ष रोशन सुवेदी र कार्यसमिति सदस्य तुलसी पाठक सदस्य रहेको थिए ।

झापामा २५ भन्दा धेरै शैक्षिक परामर्श केन्द्रहरुले जापानिज भाषा सम्बन्धि अध्यापन गराउँदै आएको बताइएको छ । जापन जाने विद्यार्थीको शैक्षिक अवस्था, शिक्षण विधि, शैक्षिक स्तर, नेपाल तथा जापानमा गर्नुपर्ने प्रक्रिया लगायतका विषायमा जानकारी गराउँदै शिक्षकहरुको क्षामता वृद्धिमा सहयोग पु¥याउने उद्धेश्यले इक्यान झापाले यस्ता खालका तालिमको आयोजना गर्दै आएको बताइएको छ ।

इक्यान झापााका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अशोक भण्डारीले गरेका थिए । यसअघि न्यूजिल्याण्ड लगायतका देशहरुको विषयमा शैक्षिक परामर्श दिइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here