विन्ध्यावासिनीमा गरुड महापुराण

0
6

अमित खम्बू
झापा, रामनवमीको पावन अवसरमा अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा चैत २७ गतेदेखि गरुड महापुराण नवाह ज्ञान महायज्ञ हुने भएको छ ।
मन्दिर क्षेत्रको बृहत विकाससँगै मन्दिर परिसरमा राधाकृष्ण मन्दिरको निर्माण, मन्दिरलाई आवश्यक भूमिदानको निरन्तरता, मन्दिरमा स्थापना गरिएको अक्षयकोषको निरन्तरता लगायतका कार्यहरुलाई सम्पन्न गर्ने उद्देश्यले उक्त महापुराणको आयोजना गरिएको समितिका अध्यक्ष मनोज जोशीले जानकारी दिए । महापुराणका प्रमुख वाचक बालकृष्ण अर्याल र उपवाचक कृष्ण चापागाँईं रहेका छन् ।
महापुराण अन्र्तगत चैत २७ गते कलशयात्रा र उद्घाटन, प्रत्येक दिन बिहान पाठ पारायण र चण्डी पाठसँगै साँझ कथा महात्यम र भजन कीर्तन, बैशाख ४ गते साँझ लक्ष्यवर्तीका र बैशाख ५ गते कथा समापन, ब्रतवन्ध, ह्वन र तिलकपाती प्रसाद वितरण गर्ने कार्यक्रम रहेको छ । महापुराण सम्पन्न गर्न समितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । त्यसैगरी महापुराणको अवसरमा अर्जुनधारा–७स्थित मन्दिरका जग्गादाता चन्द्रा जोशीको परिवारबाट मन्दिर परिसरमा गणेशसहित नवदेवीहरु शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुसमाण्डा, स्कन्दमाता, कात्यानी, कालरात्री, महागौरी र सिद्धकालीको मूर्ति स्थापना गरिने बताइएको छ ।
त्यस्तै महापुराणको अवसरमा शिलान्यास गर्ने गरी मन्दिर परिसरमा राधाकृष्ण मन्दिर निर्माणको कार्य शुरु गरिएको छ । सिखण्डी शैलीमा दुई तलाको संरचनामा निर्माण हुने उक्त मन्दिर आगामी कृष्ण जन्माष्टमीको दिन उद्घाटन गर्ने समितिको कार्यक्रम रहेको छ । राधाकृष्ण मन्दिर निर्माण गर्न दाताहरु धाइजन निवासी रजनिस कार्नोलीबाट एक सय १० बोरा सिमेन्ट र १३ बण्डल रड, अर्जुनधारा–९ निवासी मिलन बस्नेतबाट मन्दिर आवश्यक गिटी तथा बालुवा र अर्जुनधारा–८ निवासी नवीन गट्टानीबाट एक ट्याक्टर इँटा प्राप्त भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here