आगलागी हुँदा बिर्तामोडमा दुई घर जले

0
8

बिर्तामोड  , बिर्तामोड ५ स्थित सुकुम्वासी टोलमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ५ स्थित सुकुम्बासी टोलका बद्रीकुमार दर्जी र जैगुन खातुनको घर जलेर नष्ट भएको हो । आगलागीका कारण घरमा रहेको काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, नागरिकतालगायतका महत्वपूर्ण कागजात तथा नगद रु.२२ हजारसमेत जल्दा अन्दाजी ७ लाख बराबरको क्षति भएको हो । दर्जीको घरको पूजा कोठामा सल्काएको अगरबत्तीबाट अचानक आगो सल्किएको बताइएको छ । आगलागीबाट दर्जीको टिनको छानो , टनिकै टाटीबेरा भएको एकतले घर जलेको हो ।
सोही आगलागीबाट नजिकै रहेको जैगुन खातुनको टिनको छानो, टीनकै टाटीबेरा भएको एकतले घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट नगद ४३ हजारसमेत जल्दा अन्दाजी ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता आगलाागीका कारण बुद्धशान्तिका बिष्णुकुमार श्रेष्ठको ग्वाली जलेर नष्ट भएको छ । बुद्धशान्ति १ नमुना टोल बस्ने श्रेष्ठको काठ तथा टीनको छानाले बनेको दुईतले गाईगोठमा अचानक आगलागी भएको थियो ।
आगलागीबाट गोठ, गोठमा राखेको पराल पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here