ब्राउनसुगरसहित पाँच जना पक्राउ

0
8

विराटनगर।

सुनसरी र झापाको दुई स्थानबाट लागूऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

बिशेष सुचनाको आधारमा सुनसरीको इटहरी उप–महानगरपालिका–१२ क स्थित कोशी लोकमार्गमा बिराटनगरबाट इटहरीतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई रोकी चेक जाँच गर्दा सिटी चालक भारत बिहार अररिया घर भई हाल बिराटनगर–१७ मा बस्दै आएका मोहमद ईब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लाष्‍टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा दुई ग्राम आठ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय दमकबाटको प्रहरीको टोलीले कमल गाउँपालिका–५ का ३२ बर्षीय हिक्मत धिमाल, २७ बर्षीय सुदिप धिमाल, २५ बर्षीय न्यूसन राई र १८ बर्षीय पिजल धिमललाई दुई ग्राम ३०० ग्राम ब्राउनसुगर र नगद २५ हजार सहित नियन्त्रणमा लिएको छ ।

ब्राउनसुरगरसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here