चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

३ बैशाख २०८१, सोमबार मा प्रकाशित

झापा ।

इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको उर्लावारी नगरपालिका–५ का ३० बर्षिय दिपक मर्डी रहेका छन् । गत चैत्र २८ गते झापाको कचनकवल गाँउपालिका–१ घेरावारीबाट स्थानीय ६० बर्षिय नरेन्द्र चोङवाङको प्रदेश ०१–०१–०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाईकल चोरी गरेर फरार रहेका मर्डीलाई झापाको कन्काई नगरपालिका–२ सेल्फी डाँडाबाट प्रहीले पक्राउ गरेको छ ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here