नहरमा डुबेर बालकको मृत्यु

३ बैशाख २०८१, सोमबार मा प्रकाशित

झापा ।

झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–१० का ओमबहादुर बस्नेतको १२ बर्षिय छोरा बिवेक बस्नेत नहरको साईफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए ।

मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मोरङको मंगलबारे अस्पताल पठएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here