अर्जुनधाराद्वारा दुई जना स्रष्टा सम्मानित

३ बैशाख २०८१, सोमबार मा प्रकाशित

शनिश्चरे ।

अर्जुनधारा नगरपालिकाले दीर्घ साहित्य साधना सम्मान २०८० नगरका दुई स्रष्टालाई एक समारोहका बीच नगदसहित प्रदान गरेको छ ।

प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य सम्मान २०७९ का लागि अर्जुनधारा–१ का कालीबहादुर थापा र २०८० का लागि अर्जुनधारा–११ का संगीत साधक हस्त परियारलाई जनही रु. ५१ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व परियारको परिचय साहित्यकार केशव आचार्य र थापाको परिचय साहित्यकार गणेश सिटौलाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कवि अभागी थेगुवा र प्राज्ञ गुणराज शेर्माले कबिता वाचन गरेका थिए । साहित्यकार पुण्य खरेल, कृष्ण बराल, सुशीला सुवेदी, वडाध्यक्ष खगेन्द्र इङ्नाम, सामाजिक विकास संयोजक कौशिकलाल परियार (भोला) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगर कै गहनाको रुपमा रहेका व्यक्तित्वहरुलाई प्रत्येक बर्ष सम्मान र संरक्षण गर्न पाउँदा गौरव लागेको कार्यक्रमका अध्यक्ष कार्यवाहक नगर प्रमुख खड्गमाया पराजुलीले बताइन् ।

साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य लेखक एवम् पत्रकार कुमार भट्टराईले राखेका थिए । कार्यक्रमको सहजीकरण सौजन कटुवालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here