सहारा नेपालद्वारा बाख्रापालन ब्यवस्थापन तालिम

0
6

मोरङ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था केराबारी सेवा केन्द्रले बाख्रापालन ब्यवस्थापन तालिम तथा बित्तिय साक्षरता कार्यक्रम गरेको छ । साकोसले बिहीवार (आज) मोरङको केराबारी–८ मा रहेका आफना बाख्रा पालनमा आबद्ध शेयर सदस्यको क्षमता अभिबृद्धि गर्ने उदेश्यले एक दिने तालिम आयोजना गरेको हो ।

स्थानिय राधाकृष्ण मन्दिरमा सम्पन्न बाख्रापालन ब्यवस्थापन तालिम तथा बित्तिय साक्षरता कार्यक्रममा सो क्षेत्रमा रहेका ३७ जना शेयर सदस्यको सहभागीता रहेको सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङले जानकारी दिए ।

सञ्चालन तथा स्वागत लालबहादुर जोगीले गरेको कार्यक्रममा औचित्य एवम सहारा नेपालको कृषि कार्यक्रम र उद्यमिशलता बिकास अभियान बारे अनुगमन अधिकृत तामाङले स्पस्ट पारेका थिए । सहकारीमा बित्तिय साक्षरता बारे लालबहादुर जोगीले प्रस्ट पारेका थिए ।

त्यस्तै तालिमको सहजिकरण कृषि प्राबिधिक संजित यादबले गरेका थिए । कार्यक्रममा नयाँ बर्ष २०८१ को शुभकामना आदान–प्रदानसँगै शेयर सदस्यहरुले सामुहिक नृत्य प्रस्तु गरेर मनोरन्जनसमेत गराएका थिए ।

शेयर सदस्य सिमित्रा सुवेदीको अध्यक्षतामा भएको साकोसका अनुगमन अधिकृत तामाङ, सहारा नेपालका कृषि प्राबिधिक संजित यादब, सहारा नेपाल केराबारीबाट निमित्त प्रमुख लालबहादुर जोगी र कर्मचारी नन्दनी सिंह लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here