गोरेपोखरीमा पुराणबाट १२ लाख रुपैँया संकलन

0
13

गणेश अर्याल/इलाम ।

इलामको रोङ गाउँपालिका–३ मार्सेमा रहेको गोरेपोखरी जलेश्वर शिव मन्दिरको आय–ब्यय सार्बजनिक भएको छ ।

मन्दिर प्राङकणमा एक कार्यक्रम गरी कुल १२ लाख ७७ हजार चार सय ५६ रुपैया नगद संकलन भएको विवरण सार्बजनिक भएको छ । उक्त आम्दानीमा ६ लाख ७७ हजार २ सय ९४ रुपैया खर्च भइ ६ लाख १ सय ६२ रुपैया बचत रहेको बिवरण सार्बजनिक भएको छ ।

सार्बजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै रोङ गाउपालिका उपाध्यक्ष बिष्णुमाया खवासले पुराणको सबै हरहिसाब मसिनो गरी सार्वजनिक गरेकोमा आयोजक समितिलाई धन्यबाद दिनुभयो ।

गाउँपालिकाको एक मात्र प्राकृतिक पोखरीको सरक्षणमा गाउपालिकाले सहयोग गर्ने प्रतिबध्दता गर्दै दिर्घकालिन योजना सहित प्रस्ताब प्रस्तुत गर्न पनि आग्रह गर्नुभयो । त्यसैगरी रोङ ३ का वडा अध्यक्ष मत्रिका बरालले पुराणले धार्मिक सगसगै सामाजिक बिकासमा समेत सहयोग पुगेको बताउनुभयो ।

पोखरी क्षेत्रमा सार्बजनिक भवनको आवस्यकता रहेकाले आगामी बर्षको बजेटमा यस तर्फ ध्यान दिने वडा अध्यक्ष बरालले बताउनुभयो । यस अघि आम्दानी र खर्चको बिवरण सार्बजनिक गरिएको थियो । प्रचार प्रसार समितिका सम्योजक इन्द्रबहादुर राइले सहयोग गर्ने सबै दाताको नाम र सहयोग रकम बाचन गरेर सुनाउनु भएको थियो ।

मन्दिर सरक्षण समितिका अध्यक्ष मोहनलाल कटेलको सभापतित्वमा भएको कार्यक्रममा आयोजक समिति सम्योजक भक्त खवास, शकर आधारभुत बिद्यालयका पूर्वप्रधानाध्यापक मलकुमार आचार्य, लगायतले पुराणको बारेमा आ–आफनो बिचार प्रस्तुत गर्नु भएको थियो ।

मन्दिरमा गत २०८० फागुन २० गतेदेखि एक हप्ता सम्म पुराण आयोजना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here