नक्कली लाइसेन्स प्रकरण धमाधम पक्राउ पर्दै आरोपी

0
7

बिर्तामोड।

नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शंकास्पद यातायात व्यवस्था विभागका कर्मचारीलाई पक्राउ गर्न थालेको छ ।

नक्कली लाइसेन्स प्रकरणमा मुछिएका यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका हुन् । यातायात व्यवस्था विभागकै कर्मचारीको मिलेमतोमा एक लाखभन्दा बढी लाइसेन्स गैरकानूनी तरिकाले वितरण गरेको खुलेको थियो ।

लाइसेन्स वितरणमा अनियमितताको उजुरी परेपछि यातायात व्यवस्था विभागले सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको नेतृत्वमा छानबिन समिति नै बनाएको थियो । सोही समितिको प्रतिवेदन पछि यातायात मन्त्रालयले सीआईबीलाई तीन महिनाअघि नै अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

सोही पत्राचारपछि अनुसन्धान थालेको सीआर्ईबीले पहिलो चरणमा विभागका कम्प्युटर इञ्जिनियर भट्टलाई पक्राउ गरेको हो । सीआईबी स्रोतले अब लाइसेन्स अनियमितता प्रकरणमा जोडिएका कर्मचारीलाई पक्राउ गर्ने प्रक्रिया थालिएको जनाएको छ ।

अब अनियमितता प्रकरणको हाम्रो दोस्रो अभियान पक्राउ गर्न अपरेशन चलाएका हौं । उनीहरुबाहेक पनि अन्य पक्राउ गर्र्नु पर्ने यातायातकै कर्मचारीदेखि विचौलियाहरु पनि लिस्टमा छन्– सीआईबी स्रोतले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here