रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको समापन

0
11

विराटनगर ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको तत्वावधानमा गत फागुन ११ गतेदेखि सञ्चालन भएको ५६ कार्य दिन अवधिको रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको तालिम समापन भएको छ ।

कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ४५ जना पुरुष र ५ जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यमा समापन भएको हो ।

तालिम समापन भएर जाने प्रहरी कर्मचारीहरुलाई उनले प्रमाणपत्र समेत प्रदान गरेका थिए। तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले नेपाल प्रहरी संगठनको प्रभावकारी कार्य सम्पादनमा सुचना प्रवाह गरी संगठनको उदेश्य परिपुर्ति गर्न संगठनकै मेरुदण्डको रुपमा रहेको प्रहरी संचारलाई समय परिस्थिति अनुरुप दक्ष जनशक्ति उत्पादन गरी प्रहरी संचार परिचालनलाई सुदृढ, सक्षम तथा जवाफदेही बनाउन प्रहरी संचार सेवा तर्फ उन्नत तालिमहरु संचालन गरिदै आएको बताए।

उनले प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्नुका साथै तालिममा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा अक्षरस पालना गरी जस्तो सुकै कठिन परिस्थितिमा पनि उच्च मनोवलका साथ सफलतापूर्वक सुचना प्रवाह गर्न निर्देशन समेत दिए । समापन कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचरीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here