दृष्टिविहीनहरुका लागि कम्प्युटर तालिम शुरु

0
4

बिर्तामोड ।

नेत्रहीन संघ झापाको आयोजनामा दृष्टिविहिनहरुका लागि दुई महिने कम्प्युटर तालिम शुरु भएको छ।

झापाको बिर्तामोड -३ बिर्ताबजारस्थित संघको कार्यालयमा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले दृृष्टिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुका लागि दुई महिने कम्प्युटर तालिमको उदघाटन गरेका हुन्।

नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष उत्तम खत्रीले स्वागत गरेका थिए।

दृष्टिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुमा कम्प्युटरसम्बन्धि सीप,क्षमता अभिवृद्धि गरी सुचना, सञ्चार तथा प्रविधिमा पहुँच पुर्‍याउन तथा रोजगारीमा सहयोग गर्न तालिमको आयोजना गरिएको नेत्रहीन संघका अध्यक्ष राजबंशीले जानकारी दिए।

उनले तालिममा सहयोग गर्ने मेचीनगर नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै दुई महिनाको समयावधि प्रयाप्त नभएकोले तालिमको अवधि बढाउन अन्य नगरपालिकाले पनि सहयोग गरिदिन आग्रहसमेत गरे।

प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिाज्य संघका महासचिव खतिवडाले सबै क्षेत्रमा अपरिहार्य भइसकेको कम्प्युटर सम्बन्धि ज्ञान तथा सीपको तालिमबाट दृष्टिविहिनहरुलाई काम गर्ने अवसर प्राप्त हुने भएकाले यसमा सबै क्षेत्रबाट सहयोग पुर्याउनुपर्नेमा जोड दिए।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने तालिममा प्रशिक्षक मुना भट्टराईले सहजीकरण गरिरहेकी छिन्। तालिममा जिल्लाका विभिन्न क्षेत्रका १० जनाको सहभागिता रहेको छ।

सोही अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघको तर्फबाट प्रदान गरिएको पाँचहजार बराबरको सेतो छडी महासचिव खतिवडाले नेत्रहीन संघका अध्यक्ष राजबंशीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा नेत्रहीन संघका सल्लाहकार संयोजक द्रोणचार्य निरौला, सल्लाहकार सदस्य प्रेमप्रकाश सिटौला, कम्प्युटर प्रशिक्षक मुना भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव दिलकुमार राजबंशीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here