आगलागी र सडक दुर्घटना न्यूनिकरणका लागि सशस्त्र प्रहरीको कृतिम अभ्यास

0
4

कमल ।

सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय भित्र प्रकृती टोलमा आज बिहान आगलागी भएको छ ।

आगलागीबाट काठको तीन तले घर जलेर पूर्णरूपमा क्षति भएको छ भने पाँच जना व्यक्ति शक्त घाइते हुनुका साथै लाखौं मूल्य बराबरको धनजनको क्षति भएको छ ।

आगलागीको घटनाको सूचना पाउना साथ सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालय बाट खटिएका सशस्त्र प्रहरीहरूले कमल गाउँपालिका र दमक नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो लाई नियन्त्रण गर्नुका साथै आगलागी बाट घाइते भएकाहरूको उद्धार गर्नुका साथै आगलागीबाट हुने थप क्षतिलाई न्यूनीकरण गरेका थिए ।

यो कुनै वास्तविक घटना नभएर नभएर आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेशका १४ वटै जिल्लाबाट विपद् व्यवस्थापनमा खटिएका शसस्त्र प्रहरी प्रशिक्षार्थीहरूले आगलागी बाट हुने क्षतिलाई न्यूनिकरण गर्ने र घाइतेको उद्धार गरिएको कृतिम घटना सम्बन्धी अभ्यास भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापामा तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई विभिन्न किसिमका आगलागीका कारण हुने क्षतिलाई (Fire Fighting and Medical First Responder) न्यूनीकरण आगलागीमा उद्धारका लागि सुरक्षा सामग्रीको प्रयोग विधि, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्रीहरूको प्रयोग लगायत व्यवहारिक विषयमा भएको अनुशिक्षण तालिम रहेको थियो ।

विभिन्न किसिमका प्राकृतिक र मानवीय कारणले दिनानुदिन हुने विपद्का घटिरहेका छन् । यस्ता घटनाले ठुलो मात्रामा धनजनको क्षति हुने गरेको छ । यसलाई न्यूनिकरण गर्न प्रदेशका १४ वटै जिल्ला बाट सशस्त्र प्रहरी कर्मचारीलाई तालिम प्रदान गरी आगलागी र सडक दुर्घटनाका घटनालाई न्यूनिकरण गर्न सहयोग पुग्ने उद्देश्यले तालिम सञ्चालन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव लक्ष्मी प्रसाद पौडेलले बताए ।

गाउँ घरमा विभिन्न प्रकारका विपद्का घटना घट्ने गरेका छन् त्यसमा मुख्यतया आगलागी र सडक दुर्घटना रहेका छन् । त्यस्ता घटनामा सशस्त्र प्रहरी सग समन्वय गरेर धेरै उद्धारका काम हरू गर्दै आई रहेकाछौ । यस्ता तालिम बाट विपदका समयमा धेरै सहयोग पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताइन् ।

तालिम समापन को अवसरमा उपस्थित अतिथि तथा तालिममा सहभागी सशस्त्र प्रहरी तथा प्रशिक्षकलाई सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालयका समादेशक कमल प्रसाद तिम्सिनाले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा सडक दुर्घटना, विभिन्न प्रकोपमा हुने दुर्घटनाबाट घाईते भई तत्काल स्वास्थ्य केन्द्र सम्म पुर्याउनु भन्दा अगाडि जीवन रक्षाको लागि दिइने विभिन्न उपचार विधि तथा आगलागी तथा एमआरएफ सम्बीन्धी कृतिम घटना सम्बन्धी अभ्यास समेत प्रस्तुत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here