बेलवारी नगरपालिकाले चिसाङ खोलामा अव्यवस्थित रुपले फोहोर मैला फ्याकेको भन्दै कानेपोखरीवासीको चिन्ता

0
11

छविराज ढकाल
पथरीशनिश्चरे,

मोरङको बेलबारी नगरपालिकाले अव्यवस्थित रुपमा फोहोरमैला फ्याकेको भन्दै कानेपोखरी गाउँपालिकाका स्थानीयले विरोध जनाएका छन्।

केही महिनाअघिदेखि बेलबारी नगरपालिकाको आफ्नै २ वटा ट्याक्टरमा हाली दैनिक रुपमा पुर्व पश्चिम राजमार्गको ( चिसाङ पुल) एक किलोमिटर दक्षिणमा पर्ने चिसाङ खोलाको पश्चिम किनारामा फोहरमैला फ्याक्दै आएको छ।

बेलबारी -१० मा पर्ने सो क्षेत्रमा फोहोर मैला फ्याक्दा चिसाङ खोलामा प्रदुषण बढ्ने, सोहि नदिको पूर्वपट्टि कानेपोखरी क्षेत्रका जनता तथा जीवजन्तुलाई प्रत्यक्ष असर पर्ने र बर्षातमा बाढी आउँदा अहिले फ्याकिदै आएको भेल बाढीले सतह बाहिर ल्याउन सक्ने भन्दै यता कानेपोखरी गाँउका स्थानीयको चिन्ता रहँदै आएको छ।

बेलबारी नगरपालिकाले अहिले सो नदिको किनारामा करिब ८ फुट गहिरो खनेर फोहोर मैला व्यवस्थापन गर्दै आएको छ। नकुहिने प्लास्टिकजन्य फोहोरहरू बर्षाको समयमा बाढीले बगाउने, बगाइएका धेरै चिजहरूले नदीको पानी प्रदूषित बन्ने, त्यहाँ फ्याँकिएका औषधि जन्य चिजहरू का कारण सिँचाइको लागि पैंनीबाट लगिएको पानी विषालु हुन सक्ने ; जसका कारण जीवजन्तु तथा जनावरहरूलाई प्रत्यक्ष असरहरू पर्ने भन्दै कानेपोखरी गाँउ पालिका वडा नम्बर ५ मा रहेको जनजागृति सामुदायिक वन उपभोक्ता समुहका सहसचिव गोविन्द अधिकारी ‘बबी’ले चिन्ता व्यक्त गर्नुभयो।

पछिल्ला ६-७ महिना यता २ वटा गाडी ट्याक्टर मार्फत फोहोर मैला ल्याएर खोला किनाराभित्रै खनी फ्याक्दै आएको पाईएको छ । उक्त नदिको पश्चिम किनारमा फोहोर मैंला छुट्याउने केन्द्र भन्दै एउटा टहरो पनि निर्माण गरिएको छ ।

कुहिने र नकुहिने फोहोर मैलालाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने भनिए पनि सो टहरो प्रयोगविहीन देखिन्छ। बेलबारी नगरपालिकाले चिसाङ नदि पश्चिमपट्टि खोला किनारामा खाल्टो खनेर व्यवस्थित गरे पनि पछि भेल-बाडीको समयमा खोलाको पानीले प्लास्टिक जन्य चिजहरू खोतल्ने र बगाउने भन्दै चिन्ता व्यक्त गरेका छन्। जसका कारण कानेपोखरी गाँउका किसानहरूले कुलो र पैनीमार्फत वर्षौंदेखि सिँचाइको लागि सोही खोलालाई प्रयोग गर्दै आएका छन्। मागहरूलाई सम्बोधन नगरी नगरपालिका अगाडि बढे आफ्नो वन उपभोक्ता समुह जुनसुकै कदम चाल्न पनि पछि नहट्ने भन्दै कानुनी न्यायका लागि अघी बढ्ने संकेत गरेका छन्। हाल यस समूहमा २३ सय बढि घरधुरी (वन उपभोक्ता) रहेका छन्।

उता, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईलाई टेलिफोनमा सम्पर्क गरी जिज्ञासा राख्न खोज्दा उहाँले ‘आफु कार्यक्रममा रहेको’ बताउनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here