भविष्यको कर्णधार छात्रवृत्ति वितरण

0
16

कमल ।

झापाली समाज अमेरिका, झापा विकास मञ्च र जिल्ला सहकारी सघं झापाको सहकार्यमा आज विर्तामोडमा भविष्यको कर्णधार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

झापा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न, गरिब तथा जेहन्दार विद्यार्थी लाई छात्रवृत्ति बापतको पहिलो किस्ता प्रति विध्यार्थी १५ हजार रुपैयाका दरले वितरण गरिएको हो ।

झापामा जन्मिएर अमेरीकालाई कर्मथलो बनाएका झापालीहरूको सस्था झापाली समाज अमेरिका र झापा विकास मञ्च काठमाडौ र जिल्ला सहकारी सघं झापा र प्रारम्भिक सहकारी सस्थाको सहकार्यमा छात्रवृत्ति वितरण गरिएको हो ।

जिल्लाका सामुदायीक विध्यालयमा अध्यायनरत विध्यार्थी हरु मध्ये पहिलो चरणमा ७९ जना विद्यार्थीलाई वार्षिक २१ हजारका दरले विगत ३ वर्ष देखी छात्रवृत्ति वितरण गर्दै आएको समाजले जनाएको छ ।

अहिले कक्षा १२ सम्म मात्र उपलब्ध हुदै आएको छात्रवृत्ति विध्यार्थीले अध्ययन गरुन्जेल उपलब्ध गराईने झापाली समाज अमेरिकाका सस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले बताए ।

यस्तै कार्यक्रममा झापा विकास मञ्चका अध्यक्ष डा. आनन्द श्रेष्ठले आफू डाक्टर भएर स्वास्थ्यको क्षेत्रमा काम गर्दै आए पनि पछिल्लो समय शैक्षिक क्षेत्रसँग जोडिएर काम गर्न पाएकोमा आफूलाई खुसी लागेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिकले छात्रवृत्ति विध्यार्थीहरुका लागी यो अन्यन्तै खुशीको कुरा भएकोले यसलाई भरपुर सदुपयोग गर्दै मेहनत गरेर अध्ययन गर्नुपर्ने र अभिभावकले समेत विध्यार्थीले पाएको छात्रवृत्तिको रकम अन्यथा खर्च नगरी शैक्षिक विकासका लागि खर्च गर्न वातावरण मिलाइदिन अभिभावकसँग अनुरोध समेत गरेका थिए ।

त्यस्तै रोटरी क्लबले समेत छात्रवृत्ति कोषमा ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको थियो भने कोषलाई वृद्धि गर्नका लागि राष्ट्रिय सहकारी बैंक का सञ्चालक महेन्द्र गिरी बाट एक एक लाख रुपैया तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, सचिव भवानीप्रसाद दगालले ५० हजार रुपैया समेत पदान गर्ने घोषण गरेका थिए ।

यसैगरी सोही कार्यक्रमको अवसर पारेर कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोख्रेललाई सववाहन को चाबी समेत हस्तान्तरण गरिएको थियो। कार्यक्रम जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्र गिरीले स्वगत गरेका थिए भने जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दगालले कार्यक्रम संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here