धरानमा भरुवा बन्दुकसहित एक जना पक्राउ

0
4

सुनसरी।

सुनसरीको धरानबाट भरुवा बन्दुकसहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राई रहेका छन् । उनको साथबाट भरुवा बन्दुक एक थान, बारुद र छर्रा रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति प्रहरीले सोही उपमहानगरपालिका–१७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट भरुवा बन्दुक एक थान, सोही बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित राईलाई पक्राउ गरिएको हो ।

अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट खटिएको प्रहरीले राईलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here