भारतको निर्वाचन र मोदीको पुनरागमन !

0
5

नेपालको अत्यन्त नजिकको र पुरानो कुटनीतिक सम्बन्ध भएको देश भारतमा हालै सम्पन्न आमनिर्वाचनबाट नरेन्द्र मोदी नेतृत्वको दललाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । आफ्नो दललाई स्पष्ट बहुमत प्राप्त नभए पनि चुनावी गठबन्धनले भने सरकार बनाउन आवश्यक बहुमत पुगेकाले गठबन्धनको एनडीएका तर्फबाट मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने पक्का भएको हो । आक्रामक रुपले चुनावी मैदानमा ओर्लिएका मोदीको भारतीय जनता पार्टीले २४० स्थान मै चित्त बुझाउनु प¥यो भने गठबन्धनका अन्य दलले ५३ सिटमा जित हासिल गरेका छन् । यस हिसाबले सरकार बनाउन आवश्यक २७२ गठबन्धनमा सहजै पूरा हुने भएपछि मोदीको तेस्रो पटकको सत्ता यात्रा तय भएको हो ।

मोदीको कार्यकालमा भारतले विश्व जगतमा आफूलाई निकै माथि पु¥याएको छ । आर्थिक तथा सैन्य शक्तिमा समेत ठूलो फड्को मारेको मोदीको व्यक्तित्व आन्तरिक निर्वाचनमा भने त्यति फलदायी नभएको परिणामले देखाएको छ । मोदीमय बनाउने निर्वाचन अभियान पार्टीका अन्य घटकहरुका बीचको अन्तरबिरोध र असमझदारीले प्रभावित भएको टिप्पणी हुन थालेको छ । भाजपाको उर्वर भूमि मानिएको उत्तर प्रदेश मोदी कै लागि घातक बन्न पुग्यो । विश्वव्यापी चर्चा कमाएको राम मन्दिरको निर्माण र उद्घाटन मोदीका लागि फलदायी हुन सकेन । यसका पछि त्यहाँ रहेको गरिबी, अशिक्षा र वेरोजगारी नै मुख्य कारक रहेको एकथरीको विश्लेषण छ ।

तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले अख्तियार गर्ने आन्तरिक तथा वैदेशिक नीतिप्रति अब सबैको ध्यान केन्द्रित हुन थालेको छ । यसपटक मोदीले सदनमा सशक्त प्रतिपक्षको सामना गर्नुपर्नेछ । मोदीको पुनरागमन विश्व शक्तिका रुपमा उदाएको चीनका लागि समेत टाउको दुखाइ बन्न सक्ने एकथरीको आंकलन छ भने मोदीले सन्तुलित विदेश नीति अख्तियार गर्नुपर्ने अवस्था छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश भारतलाई तीव्र विकासको अवस्थामा पु¥याउन सम्भावनाका ढोका र उपायहरुलाई ठीक ढंगबाट उपयोग गर्न उनी सचेत हुनुपर्छ । नत्र भने आगामी निर्वाचनमा उनीसँगै उनको दलले पनि पराजयकै ढोका खोलेर बाहिर निस्कनुपर्ने हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here