अर्जुनधारा ।
ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराको अध्यक्षमा राजकुमार गौतम चयन भएका छन् ।
अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धामको श्रवण हलमा शनिबार सम्पन्न प्रथम साधारण सभाले आगामी दुई वर्षे कार्यकालको लागि उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी समाजको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रकाश अधिकारी, खुल्ला उपाध्यक्षमा बुद्धिमान लिम्बू र महिला उपाध्यक्षमा तारा दाहाल खरेल, सचिवमा हिमालय पौडेल, सहसचिवद्वयमा लीलाराज पौडेल र सीता भण्डारी, कोषाध्यक्षमा मेनुका पौडेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा चुडामणि थापा, तुलसा महतरा, दुर्गादेवी गुरागाईं, दीपा थापा भट्टराई, पार्वता चिमरीया, बालकृष्ण नेपाल, रेसकुमार आङवुहाङ, लक्ष्मी याक्सो, श्रीकृष्ण भट्टराई, शान्तिप्रसाद चौहन र सीता बस्नेत चयन भएका छन् । २१ सदस्यीय समितिको बाँकी दुई जना सदस्य समाजको आगामी बैठकबाट मनोनित गरिने समाज झापाका सल्लाहकार कमल गुरागाईंले जानकारी दिए ।
समाजका अध्यक्ष भीमचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमया पराजुलीले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा समाज झापाका अध्यक्ष होमप्रसाद काफ्ले, समाज बिर्तामोडका अध्यक्ष तेजप्रसाद सिटौला, अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिका सचिव कृष्ण भट्टराई, समाज उद्धार कल्याण संघका अध्यक्ष धर्मानन्द गुरागाईंलगायतले मन्तव्य राखेका थिए ।
समाजका उपाध्यक्ष सूर्यप्रकाश अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव यज्ञ सिटौलाले गरेका थिए ।