डिजिटल सामग्री उत्पादनसम्बन्धि तालिम

0
16

सुरुङ्गा।

कन्काई माध्यमिक विद्यालय तालिम समितिको आयोजनामा दुई दिने डिजिटल सामग्री निर्माण तथा मूल्याङ्कन पद्धति पुनर्ताजगी तालिम शुरु भएको छ ।

तालिम समितिका संयोजक एवम् पूर्व प्रधानाध्यापक गोपीकृष्ण भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विद्यालयका सल्लाहकार शम्भु ढकाल सुस्केरा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं, प्रधानाध्यापक कर्णबहादुर डाँगी, अभिभावक नन्दमनि चुडाल, नगर शिक्षा शाखाका निमित्त प्रमुख रोहित पौडेल, स्रोत व्यक्ति मेदनीप्रसाद पाठक लगायतको आतिथ्य रहेको थियोे ।

तालिममा कृष्णाश्रम मावि इलामका विज्ञान शिक्षक माधव भट्टराई, कन्काई माविका विज्ञान कार्यक्रम संयोजक साजनकुमार लिम्बू, शिशु साक्षर आधारभूत विद्यालय मेचीनगरका शिक्षक लोकनाथ ढकालले सहजीकरण गरिरहेका छन् ।

शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडा, सहायक प्रअहरू हरिप्रसाद तिम्सिना, चन्द्रप्रसाद शिवाकोटी, तीर्थराज खरेल, आधारभूत संयोजक अम्बिकाप्रसाद रिजाल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका आधारभूत तह संयोजक खेमराज भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here