देशभक्ति अझै मरेको छैन

0
7

विद्धान माननीय डा. स्वर्णिम वाग्लेले अमेरिकी राष्ट्रपति जेम्स मोनरोले सन् १८२३ मा यानिकी आजभन्दा २०१ वर्ष अगाडि युरोपियन उपनिवेशलाई परास्त या निस्तेज गर्दै अमेरिकी सीमा र शक्तिको बिस्तार गर्न अगाडि सारेका मोनरो सिद्धान्तको हवाला दिँदै भारत शक्ति उन्मुख बन्दै गरेको वास्तविकतालाई स्वीकार गर्दै सोही अनुरूप भारतीय राजनीतिक छाताभित्र रहनुपर्ने र कच्चा÷सतही÷खोक्रो÷अपरिपक्व राष्ट्रवादको पछाडि लाग्न नहुने भन्दै दिनुभएको सार्वजनिक अभिव्यक्तिले लाखौं लाख नेपालीहरूको झैं छाँती चस्किँदै मेरो पनि गम्भीर ध्यानाकर्षण भयो ।

निःस्वार्थ देशभक्तिको भावले ओतप्रोत हँुदै उच्च वलिदानीको जगमा पशुपतिनाथ, मुक्तिनाथ, वुद्ध र जानकीको आशिर्वाद लिँदै चन्द्र सूर्य अंकित झण्डा फहराउदै सगरमाथा झैं अटल अजर र अमर बन्दै सगौरव उभिएको सच्चा नेपाली राष्ट्रवाद हो । पुर्खाले देशको सीमा एयर कन्डिशनवाला कोठामा विदेशीको हण्डी खाएर सीसा कलमले कोरेका होइनन् महोदय । नेपाल, नेपाली माटो र नेपाली संस्कृति प्रेमले ओतप्रोत हँुदै, हजारौंहजार वीर–वीरङ्गनाहरूले उच्च बलिदानी गर्दै रगतको मसी प्रयोग गरी वीरताको तरवारले कोरेका सीमा रेखा हुन् महोदय ।

हरेक नेपाल आमाका बहादुर सन्तानले आफ्ना छोराछोरी श्रीमतीसहित युद्धको मैदानमा सँगै लडेर समूल बलिदानी गरी आर्जेको देश हो । स्मरण रहोस् माननीयज्यू अमेरिकामा आफ्ना श्रीमती छोराछोरीहरूलाई सुविधाको जीवन सुनिश्चित गर्दै, आफूले पनि विदेशीको हण्डी खाँदै विदेशीको एजेन्डा बोकेर लडाइँको मोर्चामा गएका थिएनन् महोदय । माननीय वाग्लेज्यू, कृपया नालापानी र देउथलका गौरवपूर्ण इतिहास पढ्नुहोस् । नेपाल आमाका वृद्ध वीर पुत्रद्वय बलभद्र कुँवर र भक्ति थापाले लडेको देशभक्तिको लडाइँ कच्चा राष्ट्रवाद थिएन । महिला, बालबालिकाहरूको बलिदानी सतही र खोक्रो राष्ट्रवादले ओतप्रोत थिएन । विदेशीको छात्रवृत्ति पाएर र डलर खाएर विश्वविद्यालयका पाठ्यक्रम धेरै पढ्नुभयो होला, तर नेपाल पढ्नु भएन छ । नेपाली वीर–वीरङ्गनाको वास्तविक इतिहास जान्नु भएन छ । नेपालको माटोको सुगन्ध सुघ्नु भएको रहेन छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्योपदेश पढ्नु भएन छ ।

विद्वान माननीय महोदय, तपाईले वकालत गरेको २०१ बर्ष बुढो मोनरो सिद्धान्तले भलै अमेरिकाको भू–सीमा बढाउन सक्यो होला । युरोपियन उपनिवेश हरायो होला । अमेरिकी साम्राज्य फैलियो होला । तर, याद रहोस् माननीय वाग्लेज्यू, त्यही २०१ बर्षे बुढो सिद्धान्तको मार्ग चित्र देखाएर भारतीय सीमा बिस्तार गर्ने, नेपाली राष्ट्रिय सार्वभौमिकता अनि अखण्डतालाई सिध्याउने र भारतीय साम्राज्य बिस्तार गर्न सिखण्डी बन्ने सपना देख्नु भएको छ भने त्यो तपाईको दिवास्वप्न मात्र हुनेछ । महान वीर पुर्खाका सन्तान नेपालीहरूले सहर्ष प्राणको आहुति गर्ने छन् । तर, चन्द्र सूर्य झण्डा झुक्न दिने छैनन् ।


माननीयज्यू, तपाईका यी अभिव्यक्तिहरू तपाईका निष्कासित महासचिव डा. मुकुल ढकालजीले तपाई र तपाईका अध्यक्षज्यू प्रति लगाउनुभएको आरोपसँग मेल खान जान्छ । हिजो माओवादीले भन्ने गरेको कथित जनयुद्ध शुरू गर्नु अगाडि तत्कालिन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीका राष्ट्रिय सुरक्षा सलाहकार ब्रजेश मिश्र मार्फत स्वयम् प्रचण्ड र डा. बाबुराम भट्टराईजीले लिखित तमसुक÷प्रतिबद्धता भारत सरकार समक्ष बुझाउनु भएको थियो । उक्त समानता र परिबर्तनको नाममा शुरू गरिएको स्वघोषित जनयुद्ध कालान्तरमा धनयुद्धमा परिणत हुँदै आज नेपाल र नेपालीहरूलाई जर्जर अवस्थामा पु¥यायो । के तपाई र तपाईको अध्यक्षज्यूले पनि कतै अँध्यारो कोठामा बसेर पुस्तकालयको धुलो खाएर बस्दै गरेको वाद सिद्धान्तका हवाला दिँदै नेपालै सिध्याउने लिखित तमसुक÷प्रतिबद्धता जनाउनु भएको छ ?

तपाईले जे–जस्तो गम्भीर देशघाती कुरा उठाउनुभयो, आजसम्म भारतीय दलाल भनेर चिनिएकाहरूले पनि भन्न सकेका थिएनन् । कृपया स्मरण रहोस् नेपालीहरूको रगतमा देशभक्ति मरेको छैन । शान्त नेपालीहरूलाई नजिस्क्याउनुहोस् धेरै महँगो पर्न सक्छ महोदय । सुगौली सन्धीमा राष्ट्रघात गर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्यायका दत्तक पुत्र बन्न नखोज्नुहोस् । गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले देशघात त गरे तर उनीहरू र उनीहरूका सन्ततीहरू कहिल्यै पनि देश फर्कन सकेनन् । कतै नियतीले तपाईहरूलाई पनि त्यतै नपु¥याओस् ।

समय–समयमा कुशासन र भ्रष्टाचारले सृजित विकृति र विसंगति समाप्त गर्ने त कहिले समानता र न्याय दिने आदि आदि सपना बाँड्दै छद्मभेषमा विदेशीका एजेन्डा बोकेर नेपाल र नेपालीहरूलाई कमजोर बनाउँदै नेपाल सिध्याउन आउने बहुरूपीहरूसँग समयमै सतर्क र सावधान बन्दै, नेपाली सच्चा राष्ट्रवादको भावना जागृत गरि देशभक्तिको आवाज बुलन्द गरौं । आकाशमा चन्द्र सूर्य रहेसम्म चन्द्र सूर्य अंकित झण्डा फहराई रहने प्रण गर्न म सम्पूर्ण देशभक्त तथा सच्चा राष्ट्रवादी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक विनम्रताका साथ अनुरोधसहित आह्वान गर्दछु । आफ्ना गैरजिम्मेवार, अपरिपक्व, अर्राष्ट्रिय तथा बहुलट्ठीपनले लोलुप अभिव्यक्ति फिर्ता लिँदै नेपाल आमा र सच्चा देशभक्त राष्ट्रवादी नेपालीहरू समक्ष सार्वजनिक माफी माग्न माननीय स्वर्णिम वाग्लेजीलाई आग्रह गर्दछु ।
(बस्नेत बिर्तामोड–१० का वडा सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here