गुरु पूर्णिमामा व्यास रथयात्रा

0
2

झापा ।

गुरु पूर्णिमा (व्यास जयन्ती)को अवसर पारेर पूर्वीय दर्शन प्रतिष्ठान नेपालले अभूतपूर्व तथा ऐतिहासिक रूपमा व्यास रथयात्रा सम्पन्न गरेको छ । सनातन कालदेखि रहिआएको गुरुशिष्य र ज्ञानको सुदीर्घ परम्परा पनि र भविष्यमा पनि जीवन्त रहनुपर्छ भन्ने मान्यताका साथ यस वर्षदेखि विभिन्न विद्यालयमा पुगी सन्देश प्रवाह गर्दै गुरुपूजन गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष चन्द्रप्रसाद खनाल, महासचिव रामकृष्ण ढकाल, सहसचिव दीपेन्द्र दाहाल, सदस्य शुभाकर खतिवडा, पं. आदित्य अधिकारी लगायतको टोलीले विर्तामोड नगरको परिक्रमा गर्दै गोमेन्द्र महाविद्यालय, एमिटी एजुकेशन फाउन्डेसन विर्तामोड तथा ब्रिलियन्ट एजुकेशन फाउन्डेसन अर्जुनधारामा पुगी संक्षिप्त गुरुपूजन तथा सम्मान कार्य सम्पन्न गरेको थियो । सम्मानित गुरुहरूमा गोमेन्द्र महाविद्यालयका प्राचार्य डा. रूपक खनाल, ब्रिलियन्ट एजुकेशन फाउन्डेसनका प्रधानाचार्य ताराप्रसाद नेपाल , एमिटी एजुकेशन फाउन्डेसनका कलेज कोअर्डिनेटर विनोद शाह, संस्थापक सदस्य केशवी ढकाल, लक्ष्मी खड्का आदि हुनुहुन्थ्यो ।

कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद खनालले गुरुशिष्य सम्बन्धको गहिराइलाई सबै बालबालिकामाझ पु¥याउने हेतुले अग्रसर हाम्रो प्रतिष्ठान सकारात्मक विचारनिर्माणको लागि बालबालिकालाई अभिप्रेरित गर्दै विचारले नै जीवनलाई सार्थक बनाउनेमा जोड दिए । बालबालिकालाई सफ्टवेयर र हार्डवेयरको उदाहरण दिँदै जीवनको सफ्टवेयर नै अध्यात्मको रूपमा बुझाउँदै आफ्नो धारणा राखे । साथै आगामी दिनहरूमा पनि प्रतिष्ठान बालमैत्री कार्यक्रमका लागि विद्यालयसँग सहकार्य गर्न तत्पर रहेको पनि जानकारी गराए ।

डा. रूपक खनाल, ताराप्रसाद नेपाल तथा विनोद शाहले क्रमश गोमेन्द्र महाविद्यालय, ब्रिलियन्ट एजुकेशन फाउन्डेसन तथा एमिटी एजुकेशन फाउन्डेसनमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गरेकोे कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष चन्द्रप्रसाद खनाल, स्वागत मन्तव्य दीपेन्द्र दाहाल एवम् शुभाकर खतिवडा तथा सञ्चालन रामकृष्ण ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here