नेवार समुदायको अन्तराष्ट्रिय सम्मेलन झापामा

0
17

झापा ।

नेवार समुदायको संस्कृतिको उत्थान गर्दै आएका भारत र नेपालका नेवार समुदायले बिर्तामोडमा अन्तरक्रिया गरेका छन् ।

नेवाः दय् दबूको पाचौं केन्द्रीय समितिको बैठक तथा एक दिने अन्तर्राष्ट्रिय विचार गोष्ठी बिर्तामोडमा शनिबार सम्पन्न भएकोे हो ।

अखिल भारतीय नेवार संगठन र नेवाः देय् दबूको केन्द्रीय समितिको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा भारत तथा नेपालका नेवार समुदायको बाक्लो उपस्थिति रहेको थियो । नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्रामान ब्रजर्चायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अखिल भारतीय नेवा संगठनका अध्यक्ष सूर्यनारायण प्रधानको आतिथ्य रहेको थियो ।

स्वागत नेवाः देय् दबूका अन्तर्राष्ट्रिय विभाग प्रमुख दिनेश शाक्यले गरेको कार्यक्रमको सञ्चालन नेवाः देय् दबूका केन्द्रीय महासचिव सत्यनारायण दंगोलले गरेका थिए ।

कार्यक्रममा नेपाल र भारतमा रहेका नेवार समुदायको बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको तर्फबाट उमेश स्थापित कार्यपत्र प्रस्तुत गरेका थिए भने भारतको तर्फबाट अखिल भारतीय नेवा संगठनका महासचिव श्याम प्रधानले प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा नेवार समुदायको संगठनको अवस्था र सांगठनिक गतिविधिको जानकारी गराइएको थियो । नेवाः देय् दबू झापा जिल्ला, नेवाः देय् दबू बिर्तामोड र पासा मुनाः पुचको संयुक्त व्यवस्थापनमा दुई दिवसीय कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेवाः देय् दबू झापाकी बरिष्ठ उपाध्यक्ष तीलरुपा श्रेष्ठले जानकारी दिइन् ।

भारत र नेपालमा रहेका नेवार समुदायको संगठन बिस्तार तथा सांगठनिक समन्वयको बिषयमा आइतबार दुवै देशका नेतृत्व तहमा बृहत छलफल हुने नेवाः देय् दबूका प्रदेश सदस्य ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here