बंगलादेश अशान्त बनेसँगै सशस्त्र प्रहरी बलले गर्‍यो सीमा क्षेत्रमा कडाइ

0
36

काठमाडौँ,

बंगलादेशमा चर्किएको आन्दोलन र हिंसालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले सीमा क्षेत्रको चेकजाँचमा कडाइ गरेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कोसी र मधेस प्रदेशको विभिन्न सीमा क्षेत्रको सुरक्षामा खटिएको आउट बोर्डर पोष्ट (बीओपी)का लागि थप जनशक्ति परिचानल गरिएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट थप जनशक्ति कोसी पठाइएको हो । बंगलादेश हुँदै झापाको बाटो पैदल नै आउन सकिन्छ ।

बंगलादेशमा पछिल्लो समयमा आरक्षणविरोधी आन्दोलनमा कम्तीमा ३०० भन्दा बढी विद्यार्थी मारिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिँदै देश छाडेकी छन् ।

पछिल्लो समय बंगलादेशमा भड्किएको आन्दोलनलाई पहिले उनले दबाउने प्रयास गरेकी थिइन् । सेनाले साथ नदिएपछि उनी राजीनामा दिएर देश छाड्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।-योहो खबरबाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here