विश्व आदिवासी दिवसको अवसरमा इटहरीमा बृहत सास्कृतिक कार्यक्रम हुँदै

0
26

इटहरी,

३० औ विश्व आदिवासी दिवसको अवसरमा बिभिन्न्न जातजातिको झाकी र मौलिकता झल्काउने बृहत र्याली साथै सास्कृतिक कार्यक्रम सम्पन हुने भएको छ। इटहरी स्थित तायरिप्ची भवनमा पत्रकार सम्मेलन गरि आदिवासी दिवसको दिन सम्पन्न हुने कार्यक्रमको बारेमा जानकारी दिएको हो।

आ-आफ्नो जातीय पोशाक र रैथाने प्रकृतिका आदिवासी जनजातिको कला ,सस्कृती झल्काउने खालको प्रदशनिको साथमा इटहरीको संगीत चोकबाट बिहानको १० बजे झाकी र्याली सुरुवात गरि इटहरीको मुख्य चोक परिक्रमा गर्दै इटहरी छ स्थित तायरिप्ची भवनमा मुल समारोह कार्यक्रम हुने नेपाल आदिवासी जनजाति महासघ इटहरी नगरका अध्यक्ष चिराहाङ राइले बताए।

गत साल सडकमा कार्यक्रम गर्दा सवारी साधन आवातजावत गर्न समस्या परेको हुनाले यश पटक इटहरीको मुख्य चोकको सडकलाइ छोडेर तायरिप्ची भवनलाइ रोजेको राइको भनाइ छ । कार्यक्रम स्थान पहिलाको तुलनामा मुख्य चोक भन्दा भित्र रहेता पनि २० वटै वडामा बसोबास गर्ने सम्पुर्ण आदिवासीहरुको सहभागीता उल्लेखनीय रहने उनले बताए।

पहिचानको आन्दोलन नरोकिएको र अझै पनि आन्दोलन जारी नै रहेको उनले जिकिर गरे।आउदो मङ्सिर महिना देखि पुन मैदानमा नै उत्रेर आन्दोलन गर्ने दाबि समेत गरे। आदिवासीहरुको भाषा ,धर्म र सस्कृतिलाइ जगेर्ना गर्नका निमित्त पनि विभिन्न दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गर्न आवाश्यक रहेको नेपाल आदिवासी जनजाति महासघ इटहरीका उपाध्यक्ष तथा कार्यक्रमका सयोजक रोशन भुजेल जानकारी दिए।

आदिवासीहरुको कला ,सस्कृती र भेषभुषालाइ नेपाल सरकार तथा स्थानीय सरकारले समेत सरक्षण गर्नुपर्ने उनको भनाइ छ। कार्यक्रम विभिन्न सङ सस्था , इटहरी उपमहानगरपालिका र आयोजकको लगानिमा सम्पन्न हुने भुजेलले बताएको छ। कार्यक्रममा नेपाल आइडल सिजन ३ का उपबिजेता किरण भुजेलको पनि प्रस्तुति रहेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here