ज्योति ब्यूटी सैलुन एण्ड एकाडेमी सञ्चालनमा

0
14

झापा, झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चारपाने चोकमा पहिलो एकाडेमसहितको ज्योति ब्यूटी सैलुन एण्ड एकाडेमी सञ्चालनमा आएको छ । हेयर, मेकअप, स्क्रीन, नेल्सको कामसहित तालिमका लागि एकाडेमीसहितको ब्यूटी सैलुन चारपानेमा आज (शनिवार) देखि सञ्चालनमा आएको हो ।

ज्योति ब्यूटी सैलुनमा बेसिक, स्पेशल, डिप्लोमा, माटर्स र अब्रोड स्पेसल कक्षासमेत सञ्चालन हुने सञ्चालिका ज्योति नेपाल पराजुलीले जानकारी दिइन् । बिदेश जानेका लागि कक्षासँगै जाने देशको बातावरण, रहनसहन जस्ता बिषयमा जानकारीसमेत गराउँदै त्यहाँ जान समन्वय गरिने बताइएको छ ।

उद्घाटनका अवसरमा साउन २६ देखि ३२ गतेसम्म सवै सर्भिसमा १५ प्रतिशत र कक्षाका लागि १० प्रतिशत छुटको ब्यवस्थासमेत रहेको सञ्चालिका पराजुलीले बताइन् । सञ्चालिका पराजुलीको एकल लगानीमा सञ्चालनमा आएको ब्यूटी सैलुनमा चार जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।

पराजुलीले भारतको सिलिगुडी, काठमाडौं र बिर्तामोडमा ब्यूटी पार्लर सम्बन्धी तालिम लिएर एकाडेमी सञ्चालन गरेको बताइन् । ‘मैले धेरै महिलाहरु सीप बिना बिदेश गएर दुःख पाएको देखे र सुनेको छु’ सञ्चालिका पराजुलीले भनिन् ‘त्यसैले पनि सीप सिकेर अरुलाई पनि सिकाउने प्रेरणा जाग्यो ।’ उनले सीप सिकेर आफ्नै देशमा पनि केही गर्न सकिने र बिदेश जाँदा पनि समस्या नहुने र आम्दानी पनि राम्रो हुने भएकाले ब्यूटी सैलुनसहितको एकाडेमी सञ्चालन गरेको बताएकी छिन् ।

एकाडेमीमा अंग्रेज र नेपाली दुबै माध्यमबाट प्रशिक्षण गराइने, प्रशिक्षण पश्चात् बैदेशिक रोजगारीका लागि सहजिकरण गरिने, उत्कृष्ट प्रक्षीक्षार्थीहरुलाई जागिरको अवसर प्रदान गरिने, टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवासको लागि सहजिकरण गरिने सञ्चालिका पराजुलीले जानकारी गराइन् ।

त्यसैगरी आफ्नै पार्लर खोल्न चाहानेका लागि दर्ता प्रकृया तथा आवश्यक कागजातका बिषयमा परामर्श दिइने, ब्यवसाय सन्चालनका लागि विभिन्न बैंक तथा बित्तिय सस्थाहरुले उपलब्ध गराउने महिला उद्यमि कर्जा तथा ब्यवसायिक कर्जा सम्बन्धी परामर्शलगायत दिइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here