काँकरभिट्टाबाट एक लाख ९० हजार रुपैंया बराबरको चाइनिज लाइटर बरामद

0
23

झापा।

भारततर्फ तस्करी हुन लागेको चाइनिज लाइटर प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– ६ पिङ्कीठ्याकमा नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई लाँदै गरेको १९ काटुन चाइनिज लाइटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

अन्दाजी एक लाख ९० हजार मूल्य बराबरको लाइटर आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अन्दाजी एक लाख ५१ हजार ९८० रुपैयाँ बराबरको किराना सामान तथा कपडा बरामद गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here