बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु, नौ घाइते

0
20

जेहनाबाद, भारत,

भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो ।

घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताउनु भएको छ । भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।

जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले “जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताउनुभएको छ । उहाँहरूका अनुसार शवहरू पोस्टमार्टमका लागि पठाइँदै छ ।

यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखदः घटना घट्न पुगेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here