बागडोगरामा गाडीको ठक्करबाट ६ जनाको मृत्यु

0
94

झापा ।

भारतको  पश्चिम बंगालको दार्जिलिङ जिल्लाको बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ । साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो ।

अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा गोविन्द चौधरी, अमलेश चौधरी, प्रह्लाद राय, कनक बर्मन, प्रणव राय, हिमेश राय चौधरी रहेका छन् । मृतकहरूको घर हासखोवा चिया बगान नजिकैको गोकुल जोत र दानागछ हो ।

घटना आज बिहान ५ बजेको समयमा ३१ नम्बर राष्ट्रिय राजमार्ग अन्तरगत मुनि चिया बगान नजिकै भएको हो । ठक्कर दिने गाडीमा बाबा धामबाट फर्किएका श्रद्धालुहरू सवार थिए ।

गाडी राजमार्ग किनारदेखि तल खसेको थियो । उनीहरू पनि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि उत्तरबंग मेडिकल कलेज लगिएको छ । ६ जनाको मृत्युले दुई गाउँ अहिले शोकमा डुबेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here