हामी स्वयंसेवी र बाल क्लब पुनर्गठन

0
3

सुरुङ्गा ।

सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयका दुई वटा विद्यार्थी क्लब पुनर्गठन गरिएका छन् ।

प्रनिक तिवारीको अध्यक्षतामा १५ सदस्यीय ‘हामी स्वयंसेवी समूह’ गठन गरिएको छ भने समूहको उपाध्यक्षद्वयमा साहिल प्रसाईं र रोशनी भट्टराई रहेका छन् । समितिको सचिवमा दीक्षान्त प्रसाईं, सहसचिवमा प्रश्ना तिम्सिना र कोषाध्यक्षमा रोमन खनाल चयन भएका छन् ।

समितिको सदस्यमा रिजवत खातुन, भोजकुमारी वि.क., लक्ष्मीकुमारी चौधरी, सोनिया मोची, जेम्स प्रधान, नेचुरल भुर्तेल, प्रविन शिवाकोटी, मोनिका कार्की र खुशी पाण्डे चयन गरिएको हामी स्वयंसेवी समूहका शिक्षक संयोजक खेमराज भट्टराईले जानकारी दिए ।

त्यसै गरी, सुदीप वि.क. को अध्यक्षतामा १५ सदस्यीय ‘कन्काई बाल क्लब’ गठन गरिएको छ । क्लबको उपाध्यक्षमा पूर्णिमा सुवेदी, सचिवमा प्राप्ति गौतम, सहसचिवमा सुविज्ञा अधिकारी र कोषाध्यक्षमा ओमप्रकाश ठाकुर रहेका छन् ।

क्लबको सदस्यमा गंनेश लम्साल, दिप्सना श्रेष्ठ, रितु नेम्बाङ, सफुरा अन्सारी, प्रतीक्षा राई, मन्दिरा साह, यामकुमारी भेटवाल, यमुना सङ्ग्रौला, सन्दिपा सोरेन र प्रनिशा रसाइली चयन गरिएको क्लबका शिक्षक संयोजक अम्बिाप्रसाद रिजालले जानकारी दिए । दुवै क्लबहरू सर्वसम्मत चयन भएका हुन् । दुवै क्लबका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here