भट्टराई कूलवंश प्रतिष्ठान कनकाई– बाह्रदशीको तीज मिलन कार्यक्रम

0
17

झापा, भट्टराई कूलवंश प्रतिष्ठान कनकाई– बाह्रदशीले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । छोरी बुहारी महिला सञ्जालको आयोजनामा बाह्रदशी ७ मा तीज मिलन सम्पन्न भएको हो । भट्टराई कूलवंश प्रतिष्ठानकी केन्द्रीय सदस्य सावित्रा भट्टराईको प्रमुख आतिथ्य तथा सञ्जालकी अध्यक्ष विनिता भट्टराईको अध्यक्षतामा तीज मिलन सम्पन्न भएको हो ।
कनकाई नगरपालिका र बाह्रदशी गाउँपालिका भित्र बसोवास गर्ने भट्टराई परिवार र उनीहरुका छोरी– वुहारीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । उनीहरुलाई सामुहिक दरसमेत खुवाइएको थियो ।


दर खानुअघि भएको उद्घाटन कार्यक्रममा भट्टराई कूलवंश प्रतिष्ठान कनकाई– बाह्रदशीका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, सामाजिक व्यक्तित्व शेर वहादुर थापा, शिव कडँेल, भट्टराई कूलवंश प्रतिष्ठानका कोसी प्रदेश सदस्य गंगा भट्टराई, वाह्रदशी गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष मित्र भट्टराई, प्रतिष्ठानकी शीला भट्टाराई, वाल कलाकार अनामिका भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सावित्रा भट्टराई र मिरा भट्टराईले संयुक्त रुपमा गरेका थिए ।
तीज पर्वको धार्मिक पक्षको सम्मान गर्दै सामाजिक तथा सांस्कृतिक पक्षको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताइएको छ । यो पर्वलाई समय सापेक्ष परिवर्तन सहित नयाँ पुस्तामा पनि जानकारी गराउन सहयोग पुग्ने गरी कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
भाद्र शुल्क त्रितियाको दिन हिन्दु नारीहरूले धार्मिक परम्परा अनुसार सौभाग्य र समृद्धिको लागि शिव–पार्वतीको पूजा गरेर तीज पर्व मनाउने गर्दछन् । यसलाई हरितालिका पनि भन्ने गरिन्छ । सारथीहरुद्वारा हरण गरिएकी हिमालय पुत्री पार्वतीले शिवजीको आराधना गरेको पवित्र दिनलाई नै हरितालिका भनिएको हो भन्ने किम्बदन्ती रहेको छ । धार्मिक ग्रन्थ अनुसार परापूर्व कालका विष्णुसँग आफ्नो कन्यादान गरिदिने कुरा पार्वतीलाई चित्त बुझेन । त्यसपछि उनले आफूले मन पराएको वर पाउनको लागि जङ्गलमा बसेर निराहार रूपमा पानी समेत नपिई कठोर व्रत बसी तपस्या गरिन् । उनको कठोर व्रतको अगाडी शिवजीको केही जोर चलेन । उनी आफै प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए पछि भाद्र शुल्क तृतीयाको दिन शिवजी र पार्वती प्रणय सूत्रमा बाँधिएका थिए ।
एक अबला नारीले यति कठोर तपस्या गरेको देखेर प्रसन्न भएका भगवान् शिवले एकै चोटि उनको आग्रहलाई स्वीकार गरेका थिए भन्ने कुरा विभिन्न शिव महिमा देखी धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । यसैको सम्झनामा सो दिनलाई चाडको रूपमा तीज मनाउने प्रचलन चलिआएको छ । अविवाहित महिलाहरू पार्वतीले जस्तै मनले चिताएको राजकुमार पाइयोस् भनेर व्रत बस्ने गर्छन् भने विवाहितहरू श्रीमानको दीर्घायु, पारिवारिक सुख तथा देशको शान्तिको कामना गर्दै व्रत बस्छन् ।

(फोटो फिचर )  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here