चोरीको दुई वटा मोटरसाईकलसहित ६ जना पक्राउ

0
1

योगेन्द्र योगी,
मोरङ।

इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको दुई वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका–१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका–२ का २४ बर्षीय लालु भन्‍ने मो.रहमान रहेको सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए।

यस्तै, राजविराज नगरपालिका–२ का अरविन यादव, सिराहा जिल्ला घर भई हाल बिराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह रहेको एसपी रेग्मीले बताए। भाद्र ३ गते धरान उप–महानगरपालिका–१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४४ प ५९४२ नं।को केटीएम डुके र बा १४ च ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल पक्राउ गरिएको जनाएको छ ।

यस्तै, मोटरसाईकल चोरी गर्न प्रयोग गरीएको बा १४ च ८०२६ नम्बरको स्कारपियो गाडी सहित उनीहरुलाई पक्राउ गरेको उनले बताए। चोरीको मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here