विद्यालयमा ‘जंक फुड’ प्रयोगमा प्रतिवन्ध गर्न सरकारको ध्यानाकर्षण

0
141

झापा, बट्टाबन्द खानेकुरा अर्थात ‘जंक फुड’ले मानव स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पार्ने भन्दै त्यस्ता खानेकुरा प्रतिवन्ध गर्न अखिल समाजवादीले माग गरेको छ ।


झापामा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीले खुलेआम रुपमा बट्टाबन्द खानेकुरा प्रयोग गरिरहेको र त्यसलाई रोक्न अखिल समाजवादीले माग गरेको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीे र सम्बद्ध जनवर्गीय संगठनहरुले यसअघि नै जंकफुड प्रतिवन्धको माग गरेका थिए । अझैपनि विद्यालयमा जंकफुड प्रतिवन्ध नगरिएपछि विद्यार्थी नेता विनोद ‘सि’ले झापाका १५ वटै स्थानीय तह, प्याव्सन झापा, हिसान झापा, सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा समन्वय इकाईलाई जंकफुड प्रतिवन्धको माग गर्दै ज्ञापनपत्र बुझाएको बताए ।
यसैक्रममा बिर्तामोड नगरपालिकालाई विभिन्न संगठनहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतारा प्रसाईंलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाइएको हो । विद्यार्थी नेता विनोदले नगरप्रमुख महतारालाई बुझाएको ज्ञापनमा जंकफुडको प्रयोगले मधुमेह, उच्च रक्तचाप, हृदयरोग, कोलेस्ट्रोल, मृगौला सम्बन्धी रोग, ओस्टियोपोरोसिस, डिप्रेशन, क्यान्सर जस्ता घातक रोगहरु निम्तिन सक्ने उल्लेख छ । जंकफुड उत्पादक कम्पनीले राज्यलाई कर बुझाएको भरमा जनस्वास्थ्यमा घातक खेलबाड गर्न नपाउने भन्दै यसलाई रोक्न माग गरिएको छ ।
जंकफुड प्रतिवन्ध अभियान साझा अभियान रहेको भन्दै झापामा सञ्चालित शैक्षिक संस्था, स्थानीय तथा प्रदेश र संघीय सरकारको विज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ ।
विज्ञप्तिमा पछिल्लो समय विद्यालयको पठनपाठनमा गिरावट आएको, विद्यालय परिसर भित्र अमानवीय र अप्रिय घटनाहरू घट्ने गरेको, विद्यार्थी कुटपिट, यौन दुुब्र्यवहार, विद्यार्थीबीच झैझगडा, लागूपदार्थ दुव्र्यसन जस्ता घटनाहरु अत्यधिक भइरहेकाले त्यसतर्फ पनि सचेत गराइएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here