घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

0
61

झापा, मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो ।
उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
साइबर व्युरोबाट प्रसाईलाई पक्राउ गर्न गएका प्रहरीलाई एक घण्टासम्म पनि ढोका नखोलेपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रहरी प्रवेश गरेको थियो । त्यसक्रममा प्रहरी र उनका अंगरक्षक बीच हात हालाहाल भएको थियो ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक समेत रहेका प्रसाईलाई भक्तपुरको ठिमीस्थित घरबाट पक्राउ गरेको हो ।
गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी उनको घरमा पुगेको थियो ।

गत बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायी प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

विद्युतीय कसुरको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनले त्यसको दोष प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई लगाएका थिए ।

‘संविधानविरोधी कार्यक्रम होइन, संविधान आफैं जलाइसकेको छ । मलाई छोराछोरीसहित सबै तपाईं जानुस् भनेका छन् म जान तयार छु’, उनले भनेका थिए, ‘सर्लाहीमा भोलि मेरो सर्लाहीमा कार्यक्रम थियो । केपी ओली र विष्णु रिमालको दबाबमा मलाई पक्राउ पुर्जी जारी गरिएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here