लागूऔषधसहित तीन जना पक्राउ

0
75

बिराटनगर ।

झापा र उदयपुरबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको झापा गाउँपालिका–६ मा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका झापा गाउँपालिका–५ का ४२ बर्षीय तेहेरुदिन शेखलालई २८ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी उदयपुरको कटारी नगरपालिका–७ मा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ताप्ली गाउँपालिका–१ का ३० बर्षीय सरोज राई र २८ को दल बहादुर राईलाई १२ किलो ग्राम लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको छ ।

लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here