पारिश्रमिक बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन: आचार्य

0
2

बिराटनगर,

मोरङको सुन्दरहरैँचा – १० मा रहेको पारिश्रमिक बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको संस्थाको १९ औं वार्षिक साधारण सभाले आगामी ४ बर्षे कार्यकालको लागि अध्यक्षमा पुन: भीम प्रसाद आचार्यलाई निर्विरोध निर्वाचित गरेको छ। पानस पाटी प्यालेसमा भएको बार्षिक साधारण सभाले १४ जनाकाे नयाँ कार्य समिति सर्वसमत निर्वाचित भएका छन्।

संस्थाकाे उपाध्यक्षमा सरोज चौधरी, सचिवमा केशव प्रसाद तिम्सिना,सहसचिवमा रुपा देबि उप्रेती रिजाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार सदस्यहरूमा कमला खड्का,जमुना देबि कोइराला,बिमला चौहान क्षेत्री,कृष्ण प्रसाद भट्टराई,छत्र बहादुर काफ्ले,भीम गोपाल ढकाल र सिर्जना सुबेदी ढकाल चयन भएका छन्।

यस्तै, लेखा समिति संयाेजकमा मोहन चौधरी,सदस्य काली प्रसाद आचार्य र चेतकुमारी पराजुली निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नव निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउदै प्रमाणपत्र दिएको निर्वाचन समितिले जनाएको छ।

संस्थाका अध्यक्ष भिम प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अथिति सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाई रहेका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष आचार्यले आर्थिक रुपान्तरण र समाजमा स्थापित संस्थाको रुपमा रहेर १८ औ बर्ष पूरा गरी निरन्तर लागि रहदा सहकारी संस्थाले हाल समाजमा राम्रो परिचय बनाउन सफल भएको बताए।

गत आर्थिक वर्ष ०७९/०८० मा ७९८ सदस्य रहेकोमा यस आर्थिक बर्षमा शेयर खारेजि तथा फिर्ता र थप गरी हाल सदस्य संख्या ७७७ रहेको जानकारी दिए। हाल शेयर पुँजी २ करोड ६९ लाख ८० हजार रहेको छ भने बचत निक्षेप ७,०७,५०,६३५ रहेको बताए। उनले २०८१/०८२ को कार्य योजना समेत प्रस्तुत गरेका थिए।

कार्यक्रम बोल्दै प्रमुख अथिति तथा नगर प्रमुख गुरागाईले देशमा केहि सहकारीका कारण बदनाम भइरहेको बेला सुन्दरहरैचामा रहेका सहकारीहरुले धमाधम बार्षिक साधारण सभा गरिरहेको र अन्यत्र जसो यहाँ रहेको सहकारीले बचत कर्ताको रकम हिनामिना गरेर नभाग्ने ठोकुवा गरे।

उनले सबै सेयर सदस्यहरुलाई आफूहरुले बचत गरेको सहकारीमा गएर समय-समयमा के कस्तो भइरहेको छ बुझ्न समेत आग्रह गरेका छन्। कार्यक्रममा जेष्ठ सदस्य,एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी,उत्कृष्ट बचत कर्ता र उत्कृष्ट कर्जा तिर्नेलाई सम्मान गरिएको थियो। संस्थाको १९ औं वार्षिक साधारण सभामा उपस्थित सेयर सदस्यहरु मध्येबाट चिठठा बिधि प्रयोग गरी उपहार समेत प्रधान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here