टमाटरमा अत्यधिक विषादि, बिर्तामोडमा भेटिएको खान अयोग्य टमाटर नष्ट गरियो

0
63

बिर्तामोड ।

पछिल्लो समय खाद्य वस्तुमा विषादिको मिसावट बढ्दै गएको पाइएको छ । बिर्तामोडस्थित कृषि थोक बजारमा विक्रीका लागि ल्याइएको गोलभेँडा (टमाटर)मा अत्यधिक विषादि भएको पुष्टि भएपछि नष्ट गरिएको छ ।

इलामबाट आयात गरिएको गोलभेँडामा विषादिको मात्रा उच्च भएपछि उपभोग अयोग्य भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ । विषदी प्रयोगशालाकी नायव प्राविधिक अम्बिका बोहोराले भनिन्– हामीले कृषि थोक बजारमा विभिन्न १० वटा पसलहरुबाट नमुना संकलन गरेका थियौं । जस मध्ये एउटा पसलमा रहेको टमाटरमा अध्याधिक मात्रामा विषादि भेटिएको छ ।

कृषि थोकका व्यवसायी मनिष साहले आयात गरेको गोलभेँडामा ५६.८२१५ अर्गानो फस्फेट देखिएको नायव प्राविधिक बोहोराले बताइन् । विषादि परीक्षणमा ४५ भन्दा माथि देखिएमा डिस्पोज गर्ने गरिन्छ । तीन क्यारेट टमाटरमा विषादीको मात्रा अत्यधिक देखिएपछि डिस्पोज गरिएको उनको भनाई छ । यसअघि दानावारिबाट आयात गरिएको काँचो केरामा पनि अत्यधिक विषादिको मात्रा फेला परेको थियो । त्यस्तै बन्दा कोभीमा समेत विषादिको मात्रा भेटिए पनि नष्ट गरिएको थियो ।

कृषि बजारमा आएका तरकारीहरुको नुमना संकलन गरेर दैनिक रुपमा विषादि परिक्षण हुने गरेको जनाइएको छ । बजारबाट खरिद गरेर सिधैं भान्सामा प्रयोग नगरि एक दिन बाहिर राखेर मात्रै प्रयोग गर्न कृषि थोक बजार ब्यवस्थापन समितिका अध्यक्ष निरज ओलीले आग्रह गरे ।

विषादि प्रयोग गरिएको कसरी चिन्ने ?

अचेल बेमौसमी फलफूलतथा तरकारीहरू सबैभन्दा छिटो र बढीभन्दा बढी उत्पादन गरी बजार सम्म पुर्याउने एक प्रकारको होडबाजी नै जस्तो चलेको छ । जसका कारण अत्याधिक मात्रामा हानिकारक किटनाशक विषादि रसायनि कमलखादको अत्याधिक प्रयोग, प्रयोगशालामा उत्पादित उन्नत भनिएका हाइब्रिड बीजहरु र तिनबाट उत्पादित खाद्यान्न बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ।

नेपालमा अत्याधिक प्रयोग हुने विषादिहरुमा ईन्डोसल्फान, डिक्लोरोवोस,फेनवेलेरेट, साइपरमेथ्रिन, म्यन्कोजेब, डाइफेनाइलामाइन, इथिओन, डिडिटी जस्ता विषादीहरु पर्दछन् । हेर्दैमा आकर्षक, चिल्ला, उज्याला, ठुला–ठुला, सलक्क परेका फलफूल तथा तरकारीमा विषादी प्रयोग गरिएका हुन सक्छन् ।

बरु अलिअलि किरा लागेका फलफूलतथा तरकारी विषादी रहित हुने सम्भावना ज्यादा हुन्छ । हालसालै गरिएको एक अध्ययनअनुसार विषादीको मात्रातुलनात्मक रुपमाज्यादापाइने फलफूलतथा तरकारीहरुमा स्ट्रबेरी, स्याउ, आरु, अंगुर, पैंयु (चेरी) , पालुङ्गो, टमाटर, बोडी,सिमी, घण्टे खोर्सानी (क्यापसिकम), काँक्रा, आलु,रातो खोर्सानीआदि रहेका छन् ।

विषादिको मात्रा तुलनात्मक रुपमा कम पाइने फलफूल तथा तरकारीहरुमा घ्यू फल (एवोकाडो), घोगा मकै, भुइँ कटहर, बन्दागोभी, मटरकोसा, प्याज, कुरीलो, आँप, मेवा, किवी, भन्टा (बैगुन), मौसम, लप्सी, काउली, खरबुजा, सुठुनी, तरुल , सुन्तला, अनार आदि रहेका छन् । रसायनयुक्त फलफूल तथाा तरकारीको सेवनले मुख तथा पेटको अल्सर, फोक्सोमा संक्रमण, छालाको समस्या, शरीरमा हर्मोनको गडबडी, पेट सम्बन्धी समस्या साथैक्यान्सर समेत लगाउन सक्ने भएकाले बेलैमा सचेत हुनु जरुरी देखिन्छ ।

यसैबीच सकेसम्म प्राांरिक (अर्गा्निनक) फलफूलतथा तरकारीमात्र सेवन गरौँ यस्ता अर्गायनिक खानेकुराहरुमा बिस देखि सत्तरी प्रतिशत सम्म बढी ‘एन्टीअक्सिडेन्ट’ समूहमा पर्ने तत्वहरु पाइने बताइएको छ । जसले क्यान्सर, मुटु, र स्नायु सम्बन्धि रोगहरु लाग्न बाट बचाउनुका साथै चाडै बुढयौलीलाग्न बाट समेत रोक्ने गर्दछ ।

फलफूलतथा तरकारीलाइ राम्रो सँग सफापानीले दुइ देखि तिन पटक सम्मपखाल्ने । तर साबुन वा डीटरजेन्टको प्रयोग गरी पखाल्ने काम गर्न नहुने चिकित्सकको भनाई छ । पानीमा थोरै नुन राखी शंकास्पद फलफूल तथा तरकारीलाई केहीबेर सम्म डुबाउने वा मन तातो पानीवापानीको बाफमा केहीबेर राख्नाले पनि केही विषादीहरु हटेर जाने बताइएको छ । फलफूल र तरकारीको बोक्रा छिलेर फाल्नाले पनि विषादीको मात्रामा केही कमी हुने चिकित्सकले बताएका छन् ।

मौसम अनुसारका फलफूलहरु मात्र सेवन गर्न आग्रह गर्दै बेमौसमी फलफूल तथा तरकारीहरुमा विषादिको मात्रा तुलनात्मक रुपमा ज्यादा चिकित्सकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here