प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकपमा उर्लाबारी भेट्रान्स विजयी

0
30

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा नं १ जाँतेमोडस्थित पथरी रङ्गशालामा बिहीबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी भेट्रान्स विजयी भएको छ।

मोरङको उर्लाबारी भेट्रान्सले झापाको दुधे भेट्रान्स विरुद्ध ४-१ अन्तरमा हराउँदै विजय हासिल गरेको हो। निर्धारित खेलको पहिलो हाफको ४ मिनेटमै उर्लाबारी भेट्टान्सका खेम पोखरेलले विपक्षी दुधे भेट्रान्स फुटबल टिमविरुद्ध १ गोल गरेर आफ्नो टिमको खाता खोलेका थिए । त्यसको ३ मिनेट नबित्दै दुधे भेट्रान्सका भीष्म खरेलले उर्लाबारी भेट्रान्स विरुद्ध एक गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो।

पुनः पूर्वाद्धकै १६ औं मिनेटमा उर्लाबारी भेट्रान्स एफसीका गंगा कार्कीले दोस्रो गोल गरेर आफ्नो टिमलाई २-१ को गोल अन्तरले अग्रता दिलाए। सोही उर्लाबारी भेट्रान्स एफसीका खेम पोखरेलले पुनः दोस्रो पटक ३०औं मिनेटमा अर्को गोल थाप्दै आफ्नो टिमलाई ३-१ अन्तरमा पुर्याए।

दोश्रो हाफ पछि उर्लाबारी भेट्रान्सकै गुल्सन तामाङले ६० औं मिनेटमा थप अर्को गोल थप्दै आफ्नो टिमलाई एकका विरुद्ध चार गोल सहित शानदार जित दिलाएका थिए।

खेलको’ भेट्रान्स अफ दि म्याच’ उर्लाबारी भेट्रान्सका गंगा कार्की घोषित भए। उनलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ केन्द्रीय सदस्य दिपेन्द्र धिमाल र प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको अध्यक्ष टिकाराम राईले नगद १५ सय रुपैयाँ सहित मेडल प्रदान गर्नुभएको थियो।

अखिल नेपाल फुटबल संघ केन्द्रीय सदस्य प्रमुख अतिथि दिपेन्द्र धिमालको प्रमुख अतिथितामा सम्पन्न उक्त प्रतियोगिताको उद्घाटन समारोहमा विराज राजा कल्यांण समाज नेपाल संस्थापक योगेन्द्र मान कार्की, मोरङ जिल्ला फुटबल संघ मोरङ अध्यक्ष सन्जिव बुढाथोकी तथा उपाध्यक्ष भुसाल श्रेष्ठ र प्रकाश मास्के पथरिशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख – मुरारी प्रसाद आचार्य ,वडा नं २ का वडा अध्यक्ष नैना साम्पाङ राई , पथरी शनिश्चरे नगरपालिकाका खेलकुद विकास समितिका संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी दिपक राई ,ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दहाल लगायत उपस्थिति रहेको थियो।

कार्यक्रमका अध्यक्ष टीकाराम राईको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here