झापा, नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ५ ले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
बिर्तामोड नगरपालिका सहकारी विभाग प्रमुख मोहन सुवेदीको प्रमुख आतिथ्य तथा सहकारीकी अध्यक्ष शुष्मा भण्डारी पौडेलको अध्यक्षतामा १३ औं साधारण सभा बिर्तामोडमा सम्पन्न गरिएको हो ।
साधारण सभाका अवसरमा असल ऋणी, असल बचत कर्ता, ज्येष्ठ शेयर सदस्य, ज्येष्ठ नियमित वचत सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा असल ऋणी तर्फ प्रेमकुमार थपा मगर, ममता गुरुङ श्रेष्ठ, असल बचतकर्ता तर्फ कुमार प्रधान, धनकुमारी आचार्य रहेका छन् ।
ज्येष्ठ शेयर सदस्य तर्फ यमवहादुर बराइली, मुनादेवी भण्डारी, नरवहादुर कटुवाल, बृहस्पति शर्मा घिमिरे र विष्णुमाया घिमिरे रहेका छन् ।
ज्येष्ठ नियमित बचत सदस्य धनमाया वाङ्देन र शान्ता देवी भट्टराई रहेका छन् । लाई सम्मान गरिएको छ ।
त्यस्तै सहकारीलाई सीसी क्यामेरा उपलब्ध गराउने वीपिन वजगाईलाई समेत सम्ममान गरिएको थियो । सो सम्मान बजगाईका सुपुत्र बीवान वजगाईले ग्रहण गरेका थिए । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि र विशिष्ठ अतिथिहरुले सम्मान पत्र प्रदान गरेका थिए भने संस्थाकी अध्यक्ष भण्डारीले दोसल्ला ओढाउँदै नगद प्रदान गरेकी थिइन् ।
केशर वहादुर खवासले औतिथ्य माथि प्रकाश पारेको कार्यक्रममा स्वागत उपाधयक्ष प्रेम चन्द्र लिम्बूले गरेका थिए ।

सहकारीको आर्थिक प्रतिवेदन लेखा समिति संयोजक गणेशप्रसाद पोखरेलले प्रस्तुत गरेको कार्यक्रममा बिर्तामोड नगरपालिका ५ का कार्यवहाक अध्यक्ष ओमभक्त सेढाई, गौरवशाली सहकारीका अध्यक्ष युवराज विमली, जिल्ला सहकारी संघ झापाका सदस्य केशव वस्नेत, साना मझौला सहकारीका अध्यक्ष देवका निरौला वस्नेत, शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले आर्थिक वर्ष २०८०÷०८१ मा सहकारीले ४ हजार कित्ता शेयर वरावरको शेयर वृद्धि गर्न सफल भएको बताएकी थिइन् । आगामी आर्थिक वर्ष शेयर पूँजी वृद्धि गरी तीन करोड रुपैयाँ पु¥याउने लक्ष्य लिएको अध्यक्षको भनाई छ ।
त्यस्तै सहकारीले आफ्ना शेयर सदस्यलाई स्वाभलम्बी बनाउन मोटरसाइकल, टेम्पो, ट्याक्टर र चार पाग्रे साना सवारी खरिदका लागि २० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्दै आएको बताइन् । सहकारीले विना धितो एक लाख ५० हजार रुपैयाँसम्म ऋण लगानी गर्दै आएको उनको भनाई छ । कार्यक्रमको सञ्चालन सहकारीका सह सचिव शिवराम पौडेलले गरेका थिए ।































