पथरी शनिश्चरे,
मोरङको पथरीमा वीरेन्द्रनगर आइतबारे युवाहरूले मौलिक देउसी भैलो प्रतियोगिता आयोजना गरेका छन् ।
आज पथरी शनिश्चरे वडा नं ३ को जनता माध्यमिक विद्यालयको प्राङ्गणमा लोप हुँदै गएको नेपाली हिन्दूहरूको मौलिक देउसी र भैलो नृत्यको संरक्षण तथा सम्बर्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता र वीरेन्द्रनगर आइतबारे युवाहरूका अगुवा केदार बोहराको अध्यक्षता आयोजित उक्त प्रतियोगितामा विभिन्न देउसी भैली समूहहरूले दिपप्रज्वलन ,सयपत्रीको माला, थालभरि सेल, बाँसुरी र मादलको ताल सँगसँगै छमछमी नाच्दै निकै रमाइलो शैलीमा मौलिक संस्कृति झल्काउनेएक दर्जन जति मौलिक देउसी र भैलोका नृत्यहरू प्रस्तुत गरिएका थिए।
पथरी शनिश्चरे नगरपालिका र पथरी शनिश्चरे वडा नं ३ को कार्यालयको मुख्य सहयोगमा आयोजित उक्त प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष नवीन कार्की, वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बु, नमुना बालगृह उर्लाबारीकी अध्यक्ष मिना बराल, जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्रप्रसाद अधिकारी, पथरी शनिश्चरे स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्य, पथरी नगरपालिकाका साहित्यकार तथा सञ्चारकर्मी भूपेन्द्रराज तिम्सिना लगायतको उपस्थिति रहेको थियो।