गणेश अर्याल, इलाम ।
शक्ति समुह नेपालले इलामको रोङ गाउपालिकामा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियासिल यस सस्थाले इलामको बिभिन्न पालिकाहरुमा कार्यक्रम गरिरहेको छ ।
बैदेशिक रोजगारको सिलसिलामा ठगिएको वा बेचबिखनमा परेकाहरुको समस्या तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको सस्थाले रोङ गाउपालिकामा हाल सम्म भएको कार्यको समिक्षा र अव थप के गर्न सकिन्छ भन्ने बिषयमा समिक्षा गरिएको समुहका सहजकर्ता रत्ना श्रेष्ठ गुरुङले बताउनु भयो । रोङमा बालबालिकाहरुलाई बिद्यालय जानको लागि खानेपानी बाधक भएको जनाइएको छ । घरमा खानेपानी अभाव भएको र पानी लिन टाढा जानुपर्दा बिद्यालय जान नपाएको बालबालिकाले गुनासो गरेको सहजकर्ता गुरुङले सुनाउनु भयो ।
त्यसैगरी बैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न हिसा तथा नथापाइकन पनि बेचबिखनमा परी बिजोक भएको पनि घटना रहेको उहाले सुनाउनु भयो । हाल रोङ गाउपालिकामा मात्रै १२ जना महिलाहरु यस्तो घटनामा परेको तथ्याङक रहेको छ । रोङमा बालबालिका हाल सम्म बालकल्याङ अधिकारी नतोकिएकाले बालबालिकाको क्षेत्रमा कार्य गर्न अप्ठयारो भएको महिला बालबालिका साखा प्रमुख राधिका तामाङले बताउनु भयो ।
पालिकाको अवको बैठकमा यो बिषयमा छलफल गराउनको लागि बिषय प्रस्ताब पठाउने तयारी भइरहेको उहाले जानकारी दिनु भयो । गाउपालिकामा कार्यपालिकाको बैठक निकै लामो समय देखि नबसेकाले कतिपय निर्णयहरु हुन नसक्दा समस्या भएको रोङ ४ का वडा सदस्य एवम न्यायिक समिति सदस्य बलबहादुर तामाङले बताउनु भयो । कार्यक्रममा आमा समुह सदस्य शान्ति भूजेलले समाजमा भएका महिला हिंसाको क्षेत्रमा आमा समुहले बिभिन्न कार्यक्रम गरेको बताउनु भयो ।