धनकुटामा अवैध रुपमा लगाएकागाँजाका बोट नष्ट

0
2

धनकुटा,

धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ।

इलाका प्रहरी कार्यालय भेडेटार,धनकुटाबाट खटिएको प्रहरी टोलिले साँगुरीगढी गाउँपालिका वडा नं–६ र इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,प्रहरी चौकी आँखिसल्ला,प्रहरी चौकी त्रिवेणीको संयुक्त टोलीले सहिदभूमि गाउँपालिका वडा नं.–२, ५ र ७ का बिभिन्न स्थानबाट ३७ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका ३० हजार १०० गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियानअन्तर्गत आज उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यसैबीच धनकुटामा अबैध रुपमा गाँजा खेती मौलाउँदै गएको छ। विशेष गरि धनकुटाको सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा गाँजा खेती मौलाउँदै गएको छ। ती गाउँपालिकामा गाँजा खेति मौलाउँदै गएपछि धनकुटाका अन्य स्थानीय तहमा पनि गाँजा खेती बढ्दै गएको छ।

तर, स्थानीय प्रशासनले खेती गरेका ठाउँमा नभई आँफै उम्रेका गाँजा मात्रै नष्ट गर्दै आएको स्थानीयको आरोप छ। गाँजा खेतिबाट भएको आम्दानीले युवाहरु लागुऔषधको कुलतमा फस्ने गरेका छन्। जसले गर्दा धनकुटामा लागुऔषधको कारोबार बढ्दै गएको विभिन्न औपचारिक कार्यक्रममा कुरा उठ्न थालेको छ।

पछिल्लो समयमा गाँजा बैधानिक बनाउने चर्चा चलेको भए पनि नेताका चुनाबी नारा र आमसभा भाषणमा मात्रै सीमित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here