इटहरीमा खेल सप्ताह २०८१ सम्पन्न

0
22

बिराटनगर,

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन नेपाल (एन प्याब्सन) इटहरीको आयोजनामा खेल सप्ताह २०८१ सम्पन्न भएको छ।

“स्वस्थ जीवनका लागि खेल, असल चरित्रका लागि खेल, हजारौँ विद्यार्थी माझमा सद्भाव र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ फागुन ५, ६ र ७ सम्म संचालन रहेकाे खेल सप्ताहमा इटहरी उपमहानगरपालिकाभित्रका विद्यालय तथा विद्यार्थीको सहभागितामा सम्पन्न भएकाे हाे ।

खेल सप्ताहमा २१ विद्यालयका विद्यार्थीहरु बीच फुटवल, फुटशल, भलिवल, एथलेटिक्स लगायतका विभिन्न अठ्ठाइस विधाका खेल सम्पन्न भएकाे संयोजक मिलन राईले जानकारी दिए। खेल जनता क्याम्पस इटहरीको खेल प्राङगणमा अायाेजना भएकाे थियाे । खेल सप्ताहमा सेर्फड, ज्ञानदर्पण, बेबिलोन, स्ट्यान्डर्ड, बाल विकास, ग्यालेक्सी, पब्लिक, इटहरी किन्डरगार्टेन, शिक्षादीप लगायतका विद्यालयका करिब २२० विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुख सङ्गीता चौधरीले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा यस्ता गतिविधिहरूले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

साथै, खेलकुदले अनुशासन, सहकार्य, प्रतिस्पर्धात्मक भावना र नेतृत्वदक्षता विकास गर्न मद्दत गर्ने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै स्वास्थ्य सुधार गर्न अवसर प्रदान गर्ने धारणा व्यक्त गरिन्। साथै, उनले इटहरीमा सामुदायिक तथा निजी विद्यालयहरूबीच इटहरी सरकारका लागी समान रहेकाे प्रकाश पारिन्।

कार्यक्रममा विशिष्ट अतिथि इटहरी उपमहानगरपालिका यूवा खेलकुद शाखा प्रमुख रमेश शाह, वडा नं. ५ का वडाध्यक्ष भिष्म कुमार धिमिरे, सुनसरी जिल्ला निवर्तमान अध्यक्ष तथा सल्लाहकार नारायण सञ्जेल, एनप्याबसन सुनसरी अध्यक्ष योवा राइ, एनप्याबसन सुनसरी वरिष्ठ उपाध्यक्ष गणेश कोइराला लगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा विजेता तथा उपविजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here